कालेबुंग फोरेष्ट डिभिजनद्वारा नेउरा, चेल अनि नोवम रेञ्ज बन बस्तीका मानिसहरुलाई सर्च लाइट वितरण ...
कालेबुंग फोरेष्ट डिभिजन अन्तर्गत नेउरा, चेल अनि नोवम रेञ्जका विभिन्न बन बस्तीका मानिसहरुलाई आज सर्च लाइट वितरण गरियो। कालेबुंग फोरेष्ट डिभिजनका एडीएफओ जी. योल्मो अनि नेउरा रेञ्जका रेञ्ज अफिसर विकाश दर्जीको बाहुलीबाट उक्त सर्च लाइट वितरण गरियो। यस कार्यक्रममा विभिन्न क्षेत्रका बन बस्तीका प्रतिनिधि उपस्थित थिए। नेउरा, चेल र नोवम रेञ्ज अन्तर्गत आज 35 वटा सर्च लाइट बितरण गरियो। यस अवसरमा बिट अफिसर नन्दुराज थापा, धुर्ब प्रसादलगायत बिभिन्न रेन्जका प्रतिनिधि, जेएफएमसी, हिमालयन फोरेष्ट भिलेजर्स अर्गनाइजेसन आदिका पदाधिकारीगण उपस्थित थिए। यस कार्यक्रममा बन बस्तीको पक्षबाट चन्द्र बहादुर प्रधान, कुमार थापा, मन कुमार सुब्बा, विजय राई, सुवास तामाङ् आदिले बन बासीको समस्या र गुनासोसंगै बन संरक्षण गर्नुमा स्थानीय बन बस्तीको भूमिका आदिबारे अवगत गराए।
Camera/ Edit
Lenin Rai
8637816394/ 9733161396.