गोजमुमो समष्टी एकका सभापति अजय प्रधानद्वारा लोवर फागुका साधरण मानिसहरुलाई आर्थिक सहयोग ...
कोविद 19 को महामारीको कारण हाल सम्पूर्ण देशमा नै लकडाउन चलिरहेको छ, जसको सोझो असर चियाबगान, गाउबस्ती अनि दैनिक खटिखाने साधरण मानिसहरुलाई परेको देखिन्छ। यस्तो परिस्थितिमा सरकारले करोड़ौंको गरीबमुखी योजनाहरु तयार गरेर घोषणा गरेतापनि ती साधारण मानिसहरुसम्म भने आइपुग्दैन जो एउटा बिडम्बना नै हो। सरकारद्वारा घोषणा गरिएको ती गरिबमुखी योजनाहरु सोझा अनि निमुखा जनताको निम्ति आकाशको फल जतिकै हो। साच्चै भन्नु हो भने धेरै जसोलाई सरकारबाट प्राप्त हुने सहुलियतबारे थाहा सम्म छैन। आखिर सरकारबाट घोषणा गरिएको ती योजनाहरु कहा जादैछ अनि किन गाउबस्ती, चियाकमानका सोझा र निमुखा जनताहरुसम्म आइपुग्दैन त ? यो एउटा गम्भीर विषय बनेको छ।
यसरी लकडाउनको कारण यहाको लोवर फागु चियाबगानका साधारण मानिसहरुसंग आज गोजमुमो समष्टी एकका सभापति तथा गोरुबथान कोअर्डिनेशन कमिटीका सदस्य अजय प्रधानले भेटघाट गरे। उनीहरुको दु:ख अनि समस्याहरुबारे बातचीत गरे भने उनको पक्षबाट आर्थिक सहयोग पनि गरे। सभापति प्रधानले लोवर फागु हेल्प डेस्कका प्रतिनिधिहरुसंग पनि कुराकानी गरेर त्यहाको सम्पूर्ण रिपोर्टहरु लिए। यसरी संकटको समयमा साधारण मानिसहरुसंग भेट गरि सहयोग गरिदिएकोमा लोवर फागु शाखाले सभापति प्रधानप्रति आभार व्यक्त गरेका छन्। स्मरणरहोस्, चियाबगानलाई लकडाउनबाट छुट दिइएतापनि सबै मानिसहरु बगानमा काम गर्ने छैनन्, बगानमा काम नहुनेहरु दैनिक रुपमा अन्य ठाउहरुमा मजदुरी गरेर जीविका चलाउनेहरु छन् जो हाल लकडाउनको कारण सबैतिर काम ठप्प भएको छ। बाहिर गएर काम गरेर खानेहरुको अवस्था अहिले घडी नाजुक बन्दै गइरहेको छ।
Edit
Rohan Kulung
8637816394/ 9733161396