दुधेमा जीटीए अध्यक्ष अनित थापाद्वारा तीनसय पचास घरलाई राहत सामाग्री वितरण ...
कोरोनाको लडाईमा आफू स्वयं जनताको साथमा रहेर ग्राउण्ड जीरोमा काम गरिरहेका जीटीए अध्यक्ष अनित थापाले आर्थिक रूपले विपन्न परिवारहरूको निम्ति आवश्यक खाद्य सामाग्रीहरू वितरण गर्ने कार्य स्वयं आफ्नै हातले गरिरहेका छन्। रोगको महामारीबाट पहाड़वासीलाई बचाउँन आफू स्वयं ग्राउण्ड जीरोमा रहेर कार्य गरिरहेको भए तापनि मानिसहरू भोकले पनि तड्पिन नपरोस भनेर खाद्य सामाग्रीहरूको जोगाड़ गरी मानिसहरूलाई वितरण गर्ने कार्यमा पनि आफै लागिपरेका छन्।यसै क्रममा आज तिनी खरसाङ खण्डको दुधेमा पुगेका थिए। तिनले यहाँका तीनसय पचास परिवारलाई आवश्यक खाद्य सामाग्रीहरू स्वयं आफ्नै हातले वितरण गरे भने स्थानीय मानिसहरूको वर्तमान अवस्थाबारे पनि जानकारी लिए तथा हाल विश्वब्यापी जुन कोरोनाको आतंक छ यसबाट सबैलाई सर्तक रहने अनि सामाजिक दूरी बनाउँदै स्वस्थ्य सम्बन्धी सबै नियमहरू पालन गर्ने अनुरोध गरे। अध्यक्ष थापाले आफू सदैव जनताको साथमा रहेको औ कुनै प्रकारको कष्ट जनतालाई नहोस् भनी यसरी मैदानमा उत्रिएर कार्य गरिरहेको जनाउँदै दुधेका धेरैजसो मानिसहरू नजिकैको बालासन बगरमा निर्भर रहने तथा आर्थिक रूपले विपन्न भएको हुँदा यहाँबाट सबैले सहयोग गरिदिने आग्रह गरेको फलस्वरूप तिनीहरूलाई केही सहयोग गर्ने मनसायले आज यहाँ तीनसय पचास परिवारलाई आवश्यक खाद्य सामाग्रीहरू वितरण गरिएको जानकारी दिए। यसरीनै हाल पहाडका विभिन्न दुर्गम क्षेत्रहरूमा देशव्यापी लकडाउनको कारण त्यहाँका मानिसहरूले खाद्य सामाग्रीहरू जुटाउन सकिरहेका छैनन्। आर्थिक रूपले मानिसहरू विस्तारै दुर्बल बन्दैछन्, त्यसर्थ ती सबै ठाउँहरूमा पनि हामी पुग्ने प्रयास गरिरहेछौँ अनि त्यहाँका मानिसहरूलाई आवश्यक सहयोग र सुविधा पुर्याउने चेष्टा गरिरहेछौँ भन्दै अध्यक्ष थापाले यद्यपि यस कार्यमा सबै पक्षबाट सहयोग प्राप्त हुने आशा पनि व्यक्त गरेका छन् । अर्कोतिर यसबारे जानकारी दिँदै गोजमुमो खरसाङ महकुमा समिति सदस्य सन्तोष तामाङले यस्तो स्थितिमा पनि दुधेमा आफू स्वयं आएर यहाँका मानिसहरूलाई यसरी आवश्यक खाद्य सामाग्रीहरू वितरण गरेर मानिसहरूको दु:खसँग सम्मिलित भएकोमा जीटीए अध्यक्ष अनित थापाप्रति सम्पुर्ण दुधेवासीको पक्षबाट विशेष आभार प्रकट गरेका छन्। तिनले आज यहाँको दुधे बजारमा यहाँका तीनसय पचास घरलाई आवश्यक खाद्य सामाग्री वितरण स्वयं जीटीए अध्यक्ष अनित थापा आएर आफ्नै हातले वितरण गरेकोले उनी सदैव जनताको दुःखसँग साथमा रहेको प्रमाण भएको जनाए। गोजमुमो दुधे बूथ कमिटीका सचिव पप्पु तामाङले आज दुधेवासीलाई आवश्यक खाद्य सामाग्रीहरू वितरण गर्न जीटीए अध्यक्ष स्वंय उपस्थित रहेको औ तिनीसित गोजमुमो केन्द्रिय समिति उपाध्यक्ष प्रणय थापा अनि गोजमुमो पङ्खाबारी-अम्बटे समष्टि सभापति प्रणाम रसाईली पनि उपस्थित रहेको जनाउँदै तिनले पनि जीटीए अध्यक्ष अनित थापालाई विशेष धन्यवाद दिएका छन्।
Camera/ Report
Subash Chhetri (Kerseong)
Edit
Rohan Kulung
8637816394/ 9733161396