पहाडलाई कोरोना संक्रमणमुक्त बनाउने उदेश्य राखेर रोहिनी गेटमा बोर्डका चियरमेनहरुद्वारा सेनिटाइज कार्य
कोरोना भाइरसलाई लिएर जारी लकडाउनको तेस्रो चरण शुरु भइसकेको छ। यसैक्रममा विभिन्न बिकास बोर्डका चियरमेनहरुको समूहद्वारा दार्जिलिङ पहाडको प्रमुख नाकाहरु जस्तै रोहिनी गेट अनि कालेबुङ्ग जिल्लाको बिरिक डाडामा गाडीहरुको सेनिटाइज गर्ने कार्य लगातार गर्दै आइरहेको छ। दार्जिलिङ पहाडलाई संक्रमणमुक्त बनाउने उदेश्य राखेर आज रोहिनी गेटमा पश्चिम् बङ्गाल नेवार बिकास बोर्डका चियरमेन सुनिल प्रधान, राई बिकास बोर्डका चियरमेन दीपराज राई , खस बिकास बोर्डका भाइस चियरमेन अन्ते सन्यासीको नेतृत्वमा सेनिटाइज कार्य सम्पन्न गरियो। नेवार बिकास बोर्डका चियरमेन अनि राई बिकास बोर्डका चियरमेन दीपराज राईले यस संक्रमणको समयमा प्रत्येक बिकास बोर्डले आफ्नो दायित्वलाई गत 21 अप्रेलदेखि नै निष्ठापुर्वक पालन गर्दै आइरहेको बताउदै आम नागरिकहरुले पनि आफुलाई अनुशासित राख्दै सामाजिक दुरत्वलाई कायम राखिदिने अनि घरमा नै सुरक्षित बसिदिने अनुरोध गरेका छन्।
Camera/ Report
Deepmilan Pradhan
Edit
Rohan Kulung
8637816394/ 9733161396