अम्बर मेमोरियल लोकल लीगको फाइनल खेलमा मालबस्ती एघार च्याम्पियन ....

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=8BnBhW9vjnc



Duration: 9:58
1,115 views
56


कन्सेटो क्लबको आयोजनमा मालबस्ती खेल मैदाना चलिरहेको अम्बर मेमोरियल लोकल लीगको फाइनल खेल बुधवार सम्पन्न भयो। मालबस्ती एघार अनि गोरूबथान युनाइटेड क्लबमाझ खेलिएको खिताबी भिडन्तमा मालबस्ती एघार च्याम्पियन बन्यो। पानीझरीबीच खेलिएको रोमाञ्चक खेलमा निर्धारित समयसम्ममा दुवै पक्ष 1-1 गोल गर्न सक्षम बन्यो। त्यसपछि च्याम्पियन ट्रफीको निम्ति खेल ट्राइब्रेकरसम्म लम्बियो। जसमा मालबस्ती एघार विजयी बन्यो। विजयी अनि उपविजेता दललाई नगद राशिसितै आकर्षक ट्रफी प्रदान गरियो। सचिन गुरुङलाई सर्वाधिक गोलदाता (गोरूबथान युनाइटेड), सर्वश्रेष्ठ खेलाडी योगेन राई, म्यान अफ् द म्याच बी गुरुङलाई चयन गरियो। मेघनाथ राईको अध्यक्षतामा सम्पन्न चुडान्त खेलमा एलबी सोताङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। त्यसरी नै गजेन्द्र गुरुङ, डीबी सार्की, बसन्त गुरुङ, बबरू बहन राणा आदि विशिष्ट अतिथि अनि विशाल परियार, रतन थापा, सुभराज सुब्बा, आशिष राई, राजेन गुरुङ, सत्येन लामा, ओमप्रकाश गुप्ता आदि अतिथिको रूपमा उपस्थित थिए। रेफ्रीको रूपमा अशोक रोय, राजु घिमिरे, दिवस शर्मा रहेका थिए। टुर्नामेन्टमा स्थानीय 12 वटा टोलीहरूले सहभागिता जनाएका थिए। दाताहरूमा विजेता ट्रफी स्व. अम्बर बहादुर गुरुङको स्मृतिमा गजेन्द्र गुरुङले, उपविजेता ट्रफी स्व. अम्बर बहादुर राणाको नाममा बबरू बहन राणाले, विजेता-उपविजेतालाई प्रदान गरिएको व्यक्तिगत पुरस्कार अशोक सुनामले स्व. बाबा कर्णबहादुर सुनाम र आमा स्व. गंगामाया सुनामको नाममा, सर्वाधिक गोल दाताको ट्रफी ओमप्रकाश कार्कीले, म्यान अफ द टुर्नामेन्ट ओमप्रकाश गुप्ताले, म्यान अफ द म्याच विकाश प्रधानले प्रदान गरेका थिए। आयोजक कमिटीको पक्षमा सचिव काशिराम प्रधानले कार्यक्रमलाई सफल बनाउन सहयोग पुराउने सम्पूर्ण दाता, खेलाडीलगायत सबैप्रति आभार प्रकट गरे।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-09-04जीटीए रद्द गरिनुपर्ने माग गरिरहेको विषयविरूद्ध गोजमुमोद्वारा पोस्टरिङ .....
2019-09-04English Spoken Classes at Sombaray Bazar, Gorubathan ....
2019-09-04द बेदा एकाडमीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित मेगा मोडेल हन्टको केही झलकहरु
2019-09-04गोरूबथान सरकारी महाविद्यालयका विद्यार्थीहरूद्वारा अस्पताल सफाई .....
2019-09-04गोजमुमोद्वारा गोरूबथान कलेजलाई ज्ञापन ....
2019-09-01`आप्पा´-का निर्माता तथा गोजमुमो जिल्ला समितीका कोषाध्यक्ष रुदेन लेप्चासंग वेबले गरेको बातचीत ...
2019-08-31द बेदा एकाडेमीको आयोजनामा आगामी 3 सेप्टेम्बरको दिन मेगा मोडेल हन्टको ग्राण्ड फिनाले हुने ...
2019-08-30गोरूबथान अस्पताल विषयमा सीएमओएचसित बैठक, अबदेखि 7 दिनै 24 घण्टा चिकित्सक हुने - सीएमओएच,कालेबुङ
2019-08-29गोरुबथानको अस्पतालको विविध समस्याहरुबारे खण्ड बिकाश अधिकारीलाई गोजमुमोद्वारा ज्ञापन ....
2019-08-29गोरुबथान खण्ड स्वास्थ्य केन्द्रमा पुरानै रोग, फेरि डाक्टरबिहीन हस्पिटल ....
2019-08-28अम्बर मेमोरियल लोकल लीगको फाइनल खेलमा मालबस्ती एघार च्याम्पियन ....
2019-08-27गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरबिहीन भएपछि स्थानीय मानिसहरूको विरोध प्रदर्शन ...
2019-08-26गोरुबथानमा श्रीकृष्ण जन्माष्टमी भक्तिभावका साथ पालन ....
2019-08-23नर्सिङमा भविष्य खोज्नेहरुको निम्ति सुनौलो अवसर ....
2019-08-22गोरूबथानमा २८औं नेपाली भाषा मान्यता दिवस पालन, डा. डिकबहादुर, रेग्मी अनि फिपनलाई सम्मान
2019-08-19गोरुबथानको मालबस्ती खेल मैदानमा सम्पन्न फूटबल खेलमा युद्धवीर अनि डुवर्स भेटरन बिजय...
2019-08-18गोरुबथानको मालबस्ती खेल मैदान, पोख्रेबुङ अनि तोरी बारीमा स्वतन्त्रता दिवस पालन गरिएको केही झलकहरु
2019-08-16गोरुबथान जोनल दुईको आयोजनामा अप्पर फागु खेल मैदानमा भव्यताको साथ 73औं स्वतन्त्रता दिवस पालन ...
2019-08-14गोरूबथान वेबका सम्पूर्ण दर्शकहरूमा 73 औं स्वतन्त्रता दिवसको शुभकामना ....
2019-08-1473औं स्वतन्त्रता दिवसको पुर्ण तयारीमा गोरुबथान समष्टी दुई ...
2019-08-09गोरुबथान वेबको असर, जुट्न थाल्यो रोगी बिनय विश्वकर्मको निम्ति आर्थिक सहयोग ...