गोरूबथान सरकारी महाविद्यालयका विद्यार्थीहरूद्वारा अस्पताल सफाई .....
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=n4zD4EaSXBo
गोरूबथान सरकारी महाविद्यालय स्टुडेन्ट फोरमका 35 जना विद्यार्थीहरूले आइतवार यहाँको गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र सफाई गरेको जानकारी प्राप्त भएको छ। विद्यार्थी गौरव राई, जनम राई, उपेन्द्र राईको अगुवाइमा रहेको टोलीले अस्पताल परिसरलगायत अस्पतालभित्र सफाई गरे। तिनीहरूले अस्पताल परिसरका मैलाहरू एकत्रित गरेर जलाउने तथा व्यवस्थित गर्ने कार्य गरेको विद्यार्थी गौरव राईले जनाएका छन्। यसको निम्ति विद्यार्थीहरूलाई कतिपय आवश्यक सामानहरू किन्न गोजमुमो जोनल एक सभापति अजय प्रधानले सहयोग पुराएका थिए। विद्यार्थीहरूको पक्षबाट सभापति प्रधानप्रति आभार प्रकट गर्दै भविष्यमा पनि कलेजका विद्यार्थीहरूको सामाजिक कार्यमा सहयोग पुराउने विद्यार्थीहरूले आशा व्यक्त गरेका छन्।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396