गोजमुमोद्वारा गोरूबथान कलेजलाई ज्ञापन ....
गोरूबथान सरकारी महाविद्यालयमा सरकारी अधिसूचनाकै आधारमा विद्यार्थी युनियनको चुनाव गराउनुपर्ने मागलगायत अन्य विषयमा गोजमुमोद्वारा सोमबार महाविद्यालयका प्रभारी डा. बारिन कुमार प्रमाणिकलाई ज्ञापन छन् । गोजमुमो जोनल एक सभापति अजय प्रधानको अगुवाइमा गएको प्रतिनिधि टोलीले प्रभारी डा. प्रमाणिकसित भेट गरेर विद्यार्थी चुनावलगायत विविध विषयमाथि चर्चा गरे। महाविद्यालयमा विभागीय तौरमा चुनावको निम्ति अहिलेसम्म कुनै अधिसूचना नआएको जानकारी गराउँदै डा. प्रमाणिकले 2017 को पत्रको आधारमा चुनाव गराउने तयारी चलिरहेको तर कतिपय सरकारी मापदण्डहरू पूरा हुन नसकेकोले चुनाव पछि सारिएको बताए। सरकारी तौरमा विभागीय अधिसूचना आएपछि जानकारी गराउने पनि डा. प्रमाणिकले प्रतिनिधि टोलीलाई आश्वासन दिए। प्रतिनिधि टोलीमा जोनल एक प्रचार-प्रसार सचिव ताबर हैदर अली, एचटीपीटीएबाट काशिराम प्रधान, संयुक्त माध्यमिक शिक्षक कल्याण संगठनबाट बबरू बहन राणा, सचिव प्रितम चामलिङ, सभापति विनोद गौतम, युमो सभापति दिपक कार्की, विमोबाट सचिव एमबी छेत्री, उपसभापति श्रावण राज गुरुङ आदिको सहभागिता रहेको थियो।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 9733161396