गोरूबथान अस्पताल विषयमा सीएमओएचसित बैठक, अबदेखि 7 दिनै 24 घण्टा चिकित्सक हुने - सीएमओएच,कालेबुङ

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=7njL0_cTGTU



Duration: 54:29
1,380 views
71


गोरूबथान अस्पताल विषयमा सीएमओएचसित बैठक,
अबदेखि 7 दिनै 24 घण्टा चिकित्सक हुने - सीएमओएच,कालेबुङ

गोरूबथान अस्पतालमा 27 अगस्तको घटना 29 अगस्तको दिन पुन: दोहोरिएपछि आक्रोशित बनेका गोरूबथानवासीको दबावमा आएर शुक्रवार सीएमओएच, कालेबुङ गोरूबथान आएर बीडीओ, विभिन्न राजनीतिक दल, संघ-संस्थाका प्रतिनिधिहरूसित बैठक गरे। अस्पतालको कन्फरेन्स हलमा सम्पन्न संयुक्त बैठकमा शुरुमा घटनालाई सीएमओएचले हल्का प्रकारले लिएकोमा स्थानीय प्रतिनिधिहरू क्षुब्ध भए। स्वास्थ्य जस्तो विषयमा सीएमओएचको टालटुले रवैयादेखि रूष्ट बनेका राजनीतिक दल, संघ-संस्थाका प्रतिनिधिहरूले गर्मगर्मी बहस गर्न थाले। स्थिति प्रतिकूल देखेपछि मौखिक रूपमा आश्वासन दिने विषयमा अडिग बनेका सीएमओएच अन्तमा लिखित दिन बाध्य भए। बैठकमा सीएमओएचले गोरूबथान खण्ड प्राथमिक स्थास्थ्य केन्द्रमा भएको घटनाप्रति खेद प्रकट गर्दै अबदेखि 7 दिनै 24 घण्टा चिकित्सक हुने प्रतिनिधि टोलीलाई आश्वासन दिए। स्थानीय प्रतिनिधि टोलीले लिखित रूपमा माग्दा पहिला सीएमओएचले विभिन्न बाहाना गर्दै लिखित दिन अस्वीकार गरे। सीएमओएचको समर्थनमा अन्य चिकित्सकहरू पनि उभिए। सीएमओएचले घटनालाई हल्का लिएकोमा रूष्ट बनेका उपस्थित प्रतिनिधिहरूले आक्रोश व्यक्त गरे। प्रतिनिधिहरूको आक्रोश देखेर अन्तमा सीएमओएचले गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा हप्तामा सात दिनै तथा 24 घण्टै चिकित्सक उपस्थित रहने भनेर लिखित रूपमा दिए। त्यसपछि मात्र स्थानीय प्रतिनिधिहरू साम्य बने। दुइ पल्ट गोरूबथान अस्पतालमा भएको घटना तथा त्यसमाथि हुन गइरहेको बैठकलाई ध्यानमा राखेर गोरूबथानका एसडीपीओ एम रहमानको अगुवाइमा पुलिस बल अस्पतालमा तैनाथ गरिएको थियो। यस अवसरमा सीएमओएचअघि स्थानीय मानिसहरूले बिक्षोप पनि व्यक्त गरे। स्मरण रहोस् 27 अगस्तको दिउँसो करिब साढें तीन बजेदेखि गोरूबथान अस्पताल चिकित्सकबिहीन भएको थियो। अस्पतालमा उपचाराधीन अवस्थामा 20 देखि 25 जना विरामीहरूलाई नर्सहरूको भरमा छोडेर चिकित्सकहरू बेपता भएपछि अबेर रातिसम्म गोरूबथान स्वास्थ्य केन्द्र तनावपूर्ण बनेको थियो। सोही राति 12 बजेतिर एकजना चिकित्सक आएरपछि घटना केही साम्य बनेको थियो तर हिजो राति पनि अस्पतालमा पुन: 27 अगस्तकै घटना दोहोरिएपछि अस्पताल दोस्रो चोटि तनावपूर्ण बन्यो। त्यसपछि स्थानीय मानिसहरूले बीडीओलाई घेराउ गर्दै तत्काल चिकित्सक उपलब्ध गराउऩुपर्ने माग गरे। त्यस समय गोरूबथान अस्पतालमा धेरै रोगीहरू एडमिड हुनको निम्ति आएका थिए। तर चिकित्सक नभएकोले एडमिड हुन नपाएको कारण तिनीहरूलाई बीडीओको निर्देश तथा व्यवस्थामा कतिलाई मालबजार अस्पताल अनि केहीलाई सिलगढी उपचारको निम्ति लगिने काम भयो। त्यसरी नै आज बिहान चिकित्सकहरू ड्युटीमा तैनाथ भएपछि गोरूबथान अस्पतालमा रहेका सबै विरामीहरूले डिस्चार्ज मागेर कति घर त कति उपचारको निम्ति अन्यत्र गएको जानकारी प्राप्त भएको छ। आज सम्पन्न संयुक्त बैठकमा सीएमओएच कालेबुङ डा. निरूपम विश्वास, डेपुटी सीएमओएच वान, कालेबुङ डा. सुदीप दास, बीएमओएच, पेदोङ डा. सत्यान हल्दार, बीएमओएच रम्बी डा. चन्दन कुमार छेत्री, डा. सुभाशिष मन्ना, डा. सुब्रतो मुखर्जी, बीडीओ गोरूबथान विश्वरंजन चक्रवर्ती, गोजमुमो जोनल एक सभापति अजय प्रधान, प्रचार-प्रसार सचिव ताबरज हैदर अली, तृणमूल कंग्रेस युवा नेतृत्व राज लामा, राजु घिमिरे, गोरूबथान ग्रासरुट फाउण्डेशनका सचिव ओमप्रकाश कार्की, प्रवेश राई, इन्टरनेशनल ह्युमन राइट्स काउन्सिल, कालेबुङ जिल्लाका अध्यक्ष अनुप राई, उपाध्यक्ष दिलीप गुरुङ, महिला अध्यक्ष सरिता सिन्हालगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गोरूबथान आएका इन्टरनेशनल ह्युमन राइट्स काउन्सिल, कालेबुङ जिल्लाका प्रतिनिधिहरूले गोरूबथान अस्पतालको निरीक्षण गर्नका साथै अस्पतालका चिकित्सक, कर्मचारीहरूसित कुराकानी गरेर यहाँ रहेका विविध समस्याबारे जानकारी लिए। प्रतिनिधि टोलीले एकत्रित गरेको जानकारी माथिल्लो स्तरमा सुपुर्द गरिने पनि प्रतिनिधि टोलीले जनाएको छ।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-09-06पोख्रेबुङ बिध्यालय अनि ग्लोबल इङग्लिस स्कुल पुबुङमा पालन गरिएको शिक्षक दिवसको झलकहरु ...
2019-09-05गोरूबथान सरकारी ठेकेदार कल्याण संगठनको कार्यालय उद्घाटन ....
2019-09-05नवदीप संघ मालबस्तीको आयोजनमा तीज अनि गणेश चतुर्थी पालन ...
2019-09-04जीटीए रद्द गरिनुपर्ने माग गरिरहेको विषयविरूद्ध गोजमुमोद्वारा पोस्टरिङ .....
2019-09-04English Spoken Classes at Sombaray Bazar, Gorubathan ....
2019-09-04द बेदा एकाडमीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित मेगा मोडेल हन्टको केही झलकहरु
2019-09-04गोरूबथान सरकारी महाविद्यालयका विद्यार्थीहरूद्वारा अस्पताल सफाई .....
2019-09-04गोजमुमोद्वारा गोरूबथान कलेजलाई ज्ञापन ....
2019-09-01`आप्पा´-का निर्माता तथा गोजमुमो जिल्ला समितीका कोषाध्यक्ष रुदेन लेप्चासंग वेबले गरेको बातचीत ...
2019-08-31द बेदा एकाडेमीको आयोजनामा आगामी 3 सेप्टेम्बरको दिन मेगा मोडेल हन्टको ग्राण्ड फिनाले हुने ...
2019-08-30गोरूबथान अस्पताल विषयमा सीएमओएचसित बैठक, अबदेखि 7 दिनै 24 घण्टा चिकित्सक हुने - सीएमओएच,कालेबुङ
2019-08-29गोरुबथानको अस्पतालको विविध समस्याहरुबारे खण्ड बिकाश अधिकारीलाई गोजमुमोद्वारा ज्ञापन ....
2019-08-29गोरुबथान खण्ड स्वास्थ्य केन्द्रमा पुरानै रोग, फेरि डाक्टरबिहीन हस्पिटल ....
2019-08-28अम्बर मेमोरियल लोकल लीगको फाइनल खेलमा मालबस्ती एघार च्याम्पियन ....
2019-08-27गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरबिहीन भएपछि स्थानीय मानिसहरूको विरोध प्रदर्शन ...
2019-08-26गोरुबथानमा श्रीकृष्ण जन्माष्टमी भक्तिभावका साथ पालन ....
2019-08-23नर्सिङमा भविष्य खोज्नेहरुको निम्ति सुनौलो अवसर ....
2019-08-22गोरूबथानमा २८औं नेपाली भाषा मान्यता दिवस पालन, डा. डिकबहादुर, रेग्मी अनि फिपनलाई सम्मान
2019-08-19गोरुबथानको मालबस्ती खेल मैदानमा सम्पन्न फूटबल खेलमा युद्धवीर अनि डुवर्स भेटरन बिजय...
2019-08-18गोरुबथानको मालबस्ती खेल मैदान, पोख्रेबुङ अनि तोरी बारीमा स्वतन्त्रता दिवस पालन गरिएको केही झलकहरु
2019-08-16गोरुबथान जोनल दुईको आयोजनामा अप्पर फागु खेल मैदानमा भव्यताको साथ 73औं स्वतन्त्रता दिवस पालन ...