अन्तमा एरियर पाए रिङटन बगानका श्रमिकहरूले। यो श्रमिक एकता र स्वतन्त्र युनियनको सुन्दर उदाहरण हो
एकताबाटै रिङटङ कमानका श्रमिकहरूले पाए एरियरको बकाया राशि। यो प्रत्येक श्रमिकको जीत हो।
10 जुलाई, 2024 को दिन रिङटङ कमानका समस्त डिभिजनका श्रमिकहरूले फ्याक्ट्री परिसरबाहिर भेला भएर विरोध प्रदर्शन गरेका थिए। बोनस, न्यूनतम ज्याला, बकाया पी एफ, ग्राचुइटी, एरियर, बिमारी हकछुट्टी, सुत्केरी छुट्टी, क्रेच इत्यादि विषयहरू लिएर हिल प्लान्टेसन्स एमप्लोयिज युनियन ( HPEU) -का प्रतिनिधिहरूले फर्स्ट फ्लसको समय नै वार्षिक मागपत्र जम्मा गर्दा मालिक-म्यानेजमेन्टले मौखिक अनि लिखित रूपमा धेरै आश्वासन दिएको थियो। त्यस पछि 4 महिना बितिसक्दा पनि त्यसलाई व्यावहारिक रूपमा लागू गरिएको थिएन।
अस्ति 10 जुलाईको दिन म्यानेजमेन्टले चर्टर अफ डिमान्डबारे चर्चाको लागि HPEU लाई मिटिङमा बोलाएका थिए। मालिक-म्यानेजमेन्टको पक्षबाट बारम्बार ढिलाईको अनुभव बोकेका श्रमिकवर्गले बकाया राशि र अन्य मागहरूबारे सकारात्मक निर्णय आउछ भन्ने आशासित त्यही दिन फ्याक्ट्री परिसरबाहिर भेला हुने निर्णय लिए। त्यसैले त्यो दिन कमान ठप्प भयो। मालिक-म्यानेजमेन्टले मिटिङ नगरेर फेरि 13 तारिख सिलगढीमा मिटिङ राख्ने नोटिस दिए।
तर, हिज 11 तारिख श्रमिकहरूले 2023को जून महिनादेखि 232 बाट 250 रुपियाँ हाजिरा वृद्धिको लागि 4 महिनाको एरियर पाएका छन्। यो रिङटङ कमानको श्रमिक एकता र सङ्घर्षको फल हो। यो एउटा महत्त्वपूर्ण जीत हो ।
अब उप्रान्त 13 जुलाई 2024 को दिन मालिक-म्यानेजमेन्टले मतीगढास्थित तराई इन्डिया प्लान्टर्स एशोसिएसनको अफिसमा सभा डाकेको छ। उक्त मिटिङमा केन्द्रीय कमिटीका सदस्य साथै शाखाका युनियन सदस्यहरूको प्रतिनिधि टोली उपस्थित हुनेछन्।