गुरुङ बस्तीको शर्मापट्टि क्षेत्रमा 13 वर्षीय बालक डुबेको आशंका
महानन्द नदीको जलस्तर बढेको कारण सिलगढीको 3 नम्बर वार्डस्थित गुरुङ बस्तीको शर्मापट्टि क्षेत्रमा एकजना 13 वर्षीय बालक डुबेको आशंका गरिएको छ।
प्राप्त जानकारी अनुसार 9 जुलाईको दिन सन्ध्याको समय एकजना 13 वर्षीय बालक उक्त क्षेत्रमा बसेको थियो। महानन्दा नदीको जलस्तर बढेको कारण उक्त बालक नदीमा डुबेको अशङ्का उक्त क्षेत्रका मानिसहरूले जनाइरहेको छ।
अशंका लाग्ने मूल कारण त्यसै क्षेत्रमा उक्त बालकको एउटा चप्पल भेटिएपछि बालकका परिजन अतालिएको थियो।
बालक पानीमा डुबेको आशंका लिएर प्रधाननगर थानामा एउटा उजुरी दर्ता गरेका थिए। उक्त उजुरीमा बालक पानीमा डुबेको बताइएको छ।
उक्त १३ वर्षीय बालकको नाम इरफान रजा रहेको बताइरहेको छ।
इरफानका बाबु र आमा दीहारी मजदुरी गर्ने गर्छ।
बाबु अनि आमा आफ्नो कामबाट फर्किँदा छोरा लापता भएको कारण रोइरहेको छ भने स्थानीय मानिसहरुले उक्त नानीलाई खोजिदिने प्रशासनलाई आह्वान गरेका थिए
प्रशासनले उक्त विषयलाई गम्भीरतासँग लिएर आज डिजास्टर म्यानेजमेन्ट ग्रुपको टोलीले खोजी कार्य आरम्भ गरेको छ। उक्त खोजी कार्यमा प्रधाननगर थानाका पुलिसको पनि उपस्थित रहेको थियो। पानी परिरहेको थियो। तर पश्चिम बङ्गाल डिजास्टर म्यानेजमेन्ट ग्रुपद्वारा महानन्दा नदीमा उक्त बालकलाई खोज्ने कार्य गरेका थिए।
धेरै खोजे पश्चात पनि बालकको कुनै पत्तो लागेन।