गोरुबथानमा गोजमुमो बिमल खेमाको चुनावी जनसभा, मोर्चा अध्यक्ष बिमल गुरुङले गरे सम्बोधन ...
सोमबारे बजार हाटसेडमा आज गोजमुमो बिमल खेमाको चुनावी जनसभा सम्पन्न भयो। केन्द्रिय समितिका सदस्य तथा पुर्व सभासद चन्द्र योञ्जनको अध्यक्षतामा सम्पन्न चुनावी जनसभालाई गोजमुमो केन्द्रिय समितिका अध्यक्ष बिमल गुरुङ, कालेबुङ निर्वाचन क्षेत्रका मोर्चा उम्मेदवार डा. आरवी भुजेल, केन्द्रिय समितिका सांगठनिक सचिव विजय सुन्दास, कालेबुङ जिल्ला समितिका सभापति ननिता गौतम, केन्द्रिय समितिका प्रवक्ता अनिल लोप्चन, गोरुबथान समष्टी दुइका सभापति जनक लामा, हिल टीएमसी गोरुबथान खण्डका सभापति राज लामा आदिले सम्बोधन गरेका थिए। गोरुबथान समष्टी एकका सभापति सुरेश चौधरीद्वारा संचालित आजको जनसभामा संयोजक जुरन राई, हिल टीएमसी गोरुबथान खण्डका सचिव राजु घिमिरे, विद्यार्थी मोर्चा गोरुबथान महकुमा समितिका सभापति युवराज दिपेन्द्र गुरुङ, समष्टी एक र दुइका सचिवद्वय भरत राई, रमेश राई र बिमान छेत्री, नारी मोर्चा केन्द्रिय समितिका सदस्य कविता गुरुङ, गोरुबथान समष्टी एकका सभापति छरिता गुरुङ, सचिव प्रभा राई, ऋषिका छेत्री आदि मन्चमा उपस्थित थिए। कालेबुङ निर्वाचन क्षेत्रका प्रार्थी डा. आरबी भुजेलको पक्षमा चुनावी जनसभालाई सम्बोधन गर्न गोरुबथान आइपुगेका मोर्चा अध्यक्ष गुरुङलाई पानडाडा मोडमा स्वागत जनाउन बिहानदेखि नै कार्यकर्ताहरु तयार भएर बसेका थिए। आदिवासी बाजा गाजा साथै नृत्य टोली अनि पन्चे बाजा टोलीद्वारा अध्यक्ष गुरुङलाई गोरुबथानमा स्वागत जनाइयो भने उक्त मोडबाट पैदल हिडेर जनसभा स्थलसम्म पुगेका थिए। पैदल यात्रा अवधि ठाउ ठाउमा अध्यक्ष गुरुङलाई खदा लगाएर स्वागत पनि जनाए।
Camera
Rohan Kulung/ Prayash Kulung/ Lenin Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396.