अम्बियोक चियाबारीमा आउदो विधानसभा चुनावलाई लिएर गेट मिटिङ सम्पन्न ...
दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन (बिमल खेमा) को तत्वाधानमा आज अम्बियोक चियाबारीमा आउदो विधानसभा चुनावलाई लिएर गेट मिटिङ सम्पन्न भएको जानकारी प्राप्त भएको छ। उक्त सभामा डीटीडीपीएलयु केन्द्रिय समितिका अध्यक्ष सुरज सुब्बाले आगामी 17 अप्रेलको दिन हुने विधानसभा चुनावमा कालेबुङ निर्वाचन क्षेत्रका प्रार्थी ड़ा. आर बी भुजेललाई टेबलको चिन्हमा भारी मत भोट दिएर विजय गराइदिने आवहान गरे। आजको सभालाई गोरुबथानका पुर्व सभासद तथा समष्टी दुईका संयोजक चन्द्र योञ्जन, सचिव रमेश राई, समष्टी एकका सचिव भरत राई आदिले सम्बोधन गरेका थिए। यस अवसरमा गोरुबथान समष्टी एकका संयोजक जुरन राई, सभापति सुरेश चौधरी, सहसचिव हेमन्त गुरुङ, नारी मोर्चा केन्द्रिय समितिका सदस्य कविता गुरुङ, युवा मोर्चा सभापति अनिल राई, आश कुमार तामाङ, अशोक विश्वलगायत नारी मोर्चा, युवा मोर्चा, श्रमिक संगठनका पदाधिकारीहरु उपस्थित थिए।
Edit
Rohan Kulung
8637816394/ 9733161396.