अप्परफागु चियाबारी गोदाम लाइनमा कञ्चनजंगा बाल संघद्वारा २०६ औं भानु जयन्ती पालन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=3TeSRdUtwPU



Duration: 3:05
126 views
7


अप्परफागु चियाबारी गोदाम लाइनमा अनुज्ञालय संस्थाद्वारा सञ्चालित कञ्चनजंगा बाल संघको तत्त्वधानमा २०६ औं भानु जयन्ती पालन गरियो । ज्ञानबहादुर गुरुङको सभापतित्त्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा अप्पर फागु चियाबारीका प्रबन्धक एलके सोताङ उपस्थित थिए। भानुभक्तको तस्वीरमा दीप प्रज्वलन साथै खदा अर्पणपछि शुरु भएको कार्यक्रममा स्वागत संभाषण संघका सदस्य अङ्किता राईले राखिन्। प्रियङ्का प्रधानद्नारा सञ्चालित कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनी तथा भानु जयन्तीको औचित्यबारे उत्तर बङ्ग विश्वविद्यालयका शोधार्थी आशिष तामङले राखे भने रामायण पाठ प्रभुराम प्रधानले गरेका थिए। पर्यावरणलाई ध्यानमा राख्दै मुख्य अतिथिलगायत अन्य अतिथिहरुलाई मालारपणको साटो भेटस्वरूप फूलका बिरुवा प्रदान गरियो।उक्त कार्यक्रमलाई प्रमुख अतिथि एलके सोताङले कार्यक्रम सफल भएको मन्तव्य राख्दै आगामी दिनहरूमा नानीहरूले यसभन्दा ठुल्ठुला कार्यक्रम गर्न सकुन भन्ने कामना व्यक्त गरे। यसरी नै संबोधनको क्रममा अनुज्ञालय संस्थाका बाल अधिकार तथा सुरक्षाअधिकारी तेजकुमार थापाले बाल अधिकार तथा सुरक्षाबारे प्रकाश पारे भने अप्परफागु प्राथमिक पाठशालाका शिक्षक सुमन ताणङले भानुभक्तबारे थप कुरा राखे। विद्यार्थी नानीहरूद्वारा कविता वाचन, गीत र नृत्य प्रस्तुत गरिएको कार्यक्रममा धन्यवाद ज्ञापन संघका सदस्य स्मृति छेत्रीले दिइन्। यस संघद्वारा प्रथमचोटि आयोजित कार्यक्रममा कविता वाचन,गीत तथा नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा समारोह सभापतिको बाहुलीबाट स्मारिका प्रदान गरियो। उक्त कार्यक्रममा चन्द्र बहादुर गुरुङ, टेक बहादुर छेत्री, सनम प्रधान, प्रदेश राई, पञ्चवीर राई, राजु प्रधान, सुमन प्रधान, जीवन स्याङ्देन, दीप कुमार तामाङ, दीपक प्रधान, सुजता लामा,रीता गुरुङ, मिना गुरुङ, अलिसा लामा आदि उपस्थित थिए।
Edit
Rohan Kulung
8637816394/ 9733161396.




Other Videos By Hello Web 24


2020-07-25सोमबारे बजारस्थित हाम्रो समाजका सदस्यहरुद्वारा बजारमा सेनिटाइज कार्य सम्पन्न ...
2020-07-24गोरुबथान कुमाई जलढाका महकुमा समितिको पहिलो सभा मिशनहिल चियाबारीमा सम्पन्न ...
2020-07-23आगामी २६ जुलाईदेखि एक हप्ता जीटीए क्षेत्रमा पूर्ण रुपमा लकडाउन गरिने ...
2020-07-21झोलुङमा टीएमसीद्वारा शहीद दिवस पालन ...
2020-07-21गोरुबथानमा तृणमुल कंग्रेसद्वारा शहीद दिवस पालन ...
2020-07-20पोख्रेबुंग हाइ स्कुलका प्रधान अध्यापक प्रबिन घिसिङलाई जनाइयो सम्मान ...
2020-07-20अनुज्ञालयद्वारा नीम बस्तीमा सचेतना कार्यक्रम ...
2020-07-18लेप्चा गाउ शाखा कमिटीद्वारा पैह्रो पिडित रबिन ठकुरीको घर परिसर सरसफाई ...
2020-07-17कालेबुङ जिल्ला पुलिसको निर्देशन अनि गोरुबथान थानाको पहलमा सोमबारे बजार क्षेत्रमा स्पीड ब्रेकर लगाइयो
2020-07-1511 वटा जातिलाई जनजातिको दर्जा प्रदान गर्नुपर्ने मांग गर्दै टिएमसी पार्टीद्वारा गोरुबथानमा पोस्टरिङ
2020-07-14अप्परफागु चियाबारी गोदाम लाइनमा कञ्चनजंगा बाल संघद्वारा २०६ औं भानु जयन्ती पालन ...
2020-07-14भानु पाला पिक्चर प्रोडक्शनद्वारा आयोजित अनलाइन मोनो एक्ट प्रतियोगिताको परिणाम घोषणा ...
2020-07-14गोरुबथानमा कोरोना सङ्क्रमित 53 वर्षीय महिलाको मृत्युपछि क्षेत्रमा सेनिटाइज गर्दै ...
2020-07-13आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा गोरुबथान वेबले तयार पारेको छोटो वार्ता ...
2020-07-13मालबजारका नेपाली समुदायद्वारा आदिकवि भानुभक्तको २०६ औँ जन्म जयन्ती पालन ...
2020-07-13२०६ औं भानुजयन्तीको अवसरमा डीडीसीसीबी गोरुबथान शाखाको पक्षबाट शुभकामना सन्देश साथै कविता ...
2020-07-12हिल तराई प्राथमिक शिक्षक संगठन गोरुबथान सर्कलको अर्ध वार्षिक सभा साथै सम्वर्द्धना कार्यक्रम ...
2020-07-10आगामी सोमबारदेखि सोमबारे हाट लाग्ने, अगस्त पहिलो हप्तादेखिमात्र बाहिरका हटुवाहरु गोरुबथान आउँन पाउने
2020-07-05गोरुबथान थानाद्वारा सेफ ड्राइभ सेभ लाइफ पालन, चालकहरुलाई मास्क वितरण ...
2020-07-03गोरुबथान 43 नम्बर समष्टी स्तरीय आशा कर्मी संगठन गठन ...
2020-07-01चार ढुङ्गेमा क्वारेन्टाइनमा बसेका मानिसहरुलाई गाउलेहरुद्वारा स्वागत गर्दै घर पठाइयो ...