पोख्रेबुंग हाइ स्कुलका प्रधान अध्यापक प्रबिन घिसिङलाई जनाइयो सम्मान ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=dpThk-mwst0
पोख्रेबुंग हाइ स्कुलका प्रधान प्रबिन घिसिङलाई आज सम्पूर्ण शिक्षक - शिक्षिकाको पक्षबाट सम्मान जनाइयो। गत केही दिनअघि प्रधान अध्यापक घिसिङ शिक्षक प्रभारीबाट पदौनती भएर प्रधान अध्यापकको रुपमा नियुक्ति पाएका थिए। यसरी नव नियुक्त प्रधान अध्यापकलाई आज स्कुलमा सम्मान जनाइएको जानकारी सह शिक्षक प्रकाश छेत्रीले दिएका छन्। सह शिक्षक दिवस छेत्रीद्वारा संचालित कार्यक्रममा स्कुलका सम्पूर्ण शिक्षक - शिक्षिकाहरुले प्रधान अध्यापक घिसिङलाई खदामाला लगाएर बधाई दिदै सम्मान जनाए। यसकासाथै स्कुलको पक्षबाट प्रधान अध्यापकलाई सम्मान पत्र पनि प्रदान गरियो। यस अवसरमा स्कुलका शिक्षकहरुक्रमैले बिमल घिसिङ्ग, आइवी छेत्री, बिजेन्द्र छेत्री, प्रकाश छेत्री, दिवस छेत्री, सुमित्र तामाङ्ग, पेमसिङ्ग लेप्चा आदि उपस्थित थिए।
Edit
Rohan Kulung
8637816394/ 9733161396.