स्पोर्ट्स क्लब गोरूबथानको आयोजनमा डाकबंगलो खेल मैदानमा आइतबारदेखि नकआउट फुटबल टुर्नामेन्ट शुरु
स्पोर्ट्स क्लब गोरूबथानको आयोजनमा नरबहादुर छेत्री स्मृति नगद राशि विजेता अनि फुलमाया तामाङ स्मृति उपविजेता नकआउट फुटबल टुर्नामेन्ट आइतबारदेखि शुरु भयो I उद्धघाटनी म्याच मिशन हिल युनाइटेड् बनाम डाइमण्ड क्लब मालबस्तीबीच सम्पन्न भयो I जसमा डाइमण्ड क्लब मालबस्ती 2 गोलको विरुद्धमा 4 गोल दागेर बिजेता बन्यो I डाकबंगलो खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टमा स्थानीय लगायत बाहिरका मोठ 12 वटा दलहरूले सहभागिता जनाइरहेका छन्। टुर्नामेन्टको फाइनल खेल 9 नोभेम्बरको दिन खेलाइनेछ। त्यसरी नै खेललाई थप आकर्षण पुराउनको निम्ति आयोजक कमिटीले भेटरेन, अण्डर 13 अनि महिला फुटबल टुर्नामेन्ट पनि आयोजन गरिरहेको छ। भेटरेनमा चारवटा दल, अण्डर 13 मा चारवटा दल अनि महिलावर्गमा चारवटा दलहरूले सहभागिता जनाइरहेका छन्। मुख्य खेल अनि भेटरेनको चुडान्त खेल 9 नोभेम्बरमा अनि अण्डर 13 र महिलावर्गको चुडान्त खेल 8 नोभेम्बरको दिन खेलाइने आयोजक कमिटीका सभापति निशानदास राईले जनाएका छन्। स्थानीय प्रतिभाहरूलाई मंच प्रदान गर्नको निम्ति डाकबंगलो खेल मैदानमा 70 को दशकदेखि नै फुटबल खेल आयोजन गर्दै आइरहेको अवगत गराउँदै सभापति राईले 50 वर्ष अघिदेखिको इतिहासलाई निरन्तरता दिन स्पोर्ट्स क्लब गोरूबथान लागिपरेको बताए।
Camera/ Edit
8637816394/ 9733161396