प्रेस क्बल अनि स्पोर्ट्स क्लब गोरूबथान माझ भएको खेलको केही झलक ...
स्पोर्ट्स क्लब गोरूबथानको आयोजनमा डाकबंगलो खेल मैदानमा चलिरहेको नरबहादुर छेत्री स्मृति विजेता अनि फुलमाया तामाङ स्मृति उपविजेता नगद राशि नकआउट फुटबल टुर्नामेन्टको चुडान्त खेलमा गीतडाब्लिङ एफसी अनि युएफएससीएमाझ खिताबी भिडन्त हुनेछ। 9 नोभेम्बरको दिन फाइनल खेल खेलिनेछ। त्यसरी नै सोही दिन खेलिने भेटरेनको चुडान्त खेलमा प्रेस क्लब गोरूबथान अनि युएफएससीएमाझ भिड्न्त हुनेछ। युएफएससीएले रेफ्री एसोसिएशनलाई अनि प्रेस क्लबले आयोजक टोलीलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको छ। भेटरेन खेलअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा प्रेस क्बलले आयोजक टोलीलाई 3-1 ले पराजित गरेको छ। जसमा जर्सी नम्बर 14 हेमकुमार राई ह्याट्रिक गर्न सफल बने। यस खेलमा रेफ्रीको भूमिकामा सुजता राई, मेघनाथ राई अनि सुदिप तामाङ रहेका थिए। अर्कोतिर महिला अनि अण्डर 13 बोइज फुटबल टुर्नामेन्टको फाइनल खेल 8 नोभेम्बरको दिन सम्पन्न हुनेछ। जसमा महिला वर्गमा गोरूबथान एफसी अनि एमएसके अप्पर फागुमाझ त्यसरी नै अण्डर 13 वर्गमा गोरूबथान हाइ स्कूल अनि ग्रीनभेलमाझ भिडन्त हुनेछ। स्मरण रहोस् स्पोर्ट्स क्लब गोरूबथानको आयोजनमा डाकबंगलो खेल मैदानमा चलिरहेको नरबहादुर छेत्री स्मृति विजेता अनि फुलमाया तामाङ स्मृति उपविजेता नगद राशि नकआउट फुटबल टुर्नामेन्टको मुख्य खेलमा मोठ 12 वटा दलहरूले सहभागिता जनाएका थिए।
Camera
Rohan Kulung