गोरुबथानमा पालन गरिएको छट पुजाको केही झलक ...
गोरूबथानका विभिन्न स्थानहरूमा पनि छट पुजा भक्तिभावका साथ पालन भइरहेको छ। यहाँको चेल खोला किनारमा गोरूबथान भोजपुरी युवा समितिको आयोजनमा आजदेखि छट पर्व शुरु भयो। त्यसरी नै मिशनहिल, छोटा फागु आदि स्थानहरूमा पनि स्थानीय भोजपुरी समुदायहरूद्वारा छट पुजा पालन गरिएको जानकारी प्राप्त भएको छ। आज भक्तहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै पुजा शुरु गरियो भने भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पुजा समाप्त गरिनेछ। छट पुजामा स्थानीय भोजपुरी, मरावाडीलगायत विभिन्न समुदायका मानिसहरूले सहभागिता जनाउँदै आइरहेका छन्। आयोजक कमिटीमा सभापति दिनेश कनवार, उपसभापति लक्ष्मण प्रसाद, सचिव टिङ्कु जैसवाल, कोषाध्यक्ष राहुल गुप्ता, पवन पाण्डे, तनिष सिंह, अभिशेख साहा, सुनिल जैसवाल, राहुल ठाकुर, बृजेश कनवार, इश्वर शाह आदि रहेका छन्। पिन्टु जैसवाल र विन्द्या सागर जैसवालले बताएअनुसार छट पुजा 31 अक्टोबरदेखि घरबाटै शुरु भएर 2 नोभेम्बरदेखि घाटमा शुरु गरिए हो। जुन 3 नोभेम्बरको बिहान समाप्त हुनेछ।
Camera
Bidhya Sagar Jaiswal
Edit
Lenin Rai
8637816394/ 9733161396