चिया कमानका श्रमिकहरुले 20% को दरले बोनस पाउनुपर्ने माग गर्दै सोम्बारे बजारमा क्यान्डल जुलुस ...
गोरूबथान 43 न. समष्टिमा चिया श्रमिकले 20% बोनस पाउनु पर्छ र बर्ष पछिको बोनसको झमेला हुनु हुदैन र मालिक पक्षले श्रमिकको शोषण गरेको प्रतिवादमा दोस्रो दिन पनि गोरूबथान, सोमबारे बजारमा मिशनहिल चिया बगानका श्रमिक वर्ग साथै डीटीडीपीएलयु का प्रतिनीधीवर्ग साथै सदस्यवर्ग साथ साथै सोमबारे बजार दक्षिण र उत्तरका गोजमुमो शाखा समितिका पेरेन्ट बडी एवं नारी मोर्चा, युवा मोर्चा सभापति साथै सदस्यहरू र 43 न. समष्टि समितिका नारी मोर्चा, युवा मोर्चा, विध्यार्थी मोर्चाका प्रतिनिधिवर्ग एव कार्यकारिणी सदस्यहरूद्वारा केन्डल जुलुस पश्चयात पथसभामा परिणत गरियो ।
विशेष, चिया श्रमिकलाई 20% बोनस दिनु पर्छ भनेर गोजमुमो अध्यक्ष श्रीमान विनय तामांग आमरण अनशन बसेको चौथो दिन पुगिसक्यो । वहाँको स्वास्थ्य निकै बिग्रेर गएको छ । भोलि दिनांक 11/10/2019 को दिन कोलकत्तामा बोनस सम्बन्धी डाकेको सभामा मालिक पक्ष, श्रमिक संगठन पक्ष, श्रमिक मंच र विभिन्न पार्टीका प्रतिनिधि माझमा बसिने सभामा 20% बोनस घोषणा नगरे भोलि बेलुकी देखी बृहत रुपमा आन्दोलन गर्ने चेतावनी समष्टि सभापति अजय प्रधानले दिएको छ र कुनैपनि अप्रिय घटनाको जीम्मवार मालिक पक्ष हुने छ ।
युवा मोर्चा अफिस सेक्रेटरी उदय प्रधान (जोशी भाई), जीवन प्रधान, सुरज प्रधान, सुर्जमिण राईज्यु को अगुवाईमा गरिएको केन्डल जुलुसमा समष्टि कार्यकारीणी सदस्य तेनांग राई र समष्टि-1 सभापति अजय प्रधानद्वारा सभालाई सम्बोधन गरेको थियो । भोलिको सभामा सबैको नजर रहने छ । सरकार, मालिक पक्षले के चाहन्छ शान्ती कि अशान्ती त्यसको फैसला पनि भोलि नै हुनेछ । मालिकले फेरी चिया उद्योगबाट नाफा खाने हो कि चिया कमान हातबाट गुमाउन पर्ने हो भोलि नै निश्चित हुनेछ । विश्व प्रसिद्ध दार्जीलिंग टि को अब ईतिहास बनिने हो कि भविष्यमा अझै प्रगति गरेर लाने हो यो पनि भोलिको सभाले छलफल गर्ने छ । आशा त राखेका छौ 20% को दरले बोनस र बर्षौ पछिको पुजा अघिको बोनस सम्बन्धी झमेलादेखी मुक्त ।
साथै अम्बयोक चिया कमानमा पनि डिटिडिपिएलयु को आयोजनामा प्रतिवाद जुलुस र अध्यक्ष विनय तामांगको सुस्वास्थ्यको निम्ति प्रार्थना गरियो ।