गोरूबथानमा राष्ट्रपिता गान्धीको 150 औं जन्मजयन्ती पालन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=TN9_GrvYHe8



Duration: 29:12
1,979 views
126


राष्ट्रपिता महात्मा गान्धीको 150 औं जन्मजयन्ती गोरूबथानका विभिन्न स्थानहरूमा पालन गरियो। बीडीओ कार्यालय, युद्धवीर उच्चतर माध्यमिक बिद्यालय, अम्बियोक, पोख्रेबुङ विद्यालयमा गान्धीको 150 औ जन्म दिवस धुमधामले मनाइएको जानकारी प्राप्त भएको छ। बीडीओ कार्यालयद्वारा पहिला र्याली आयोजन गरियो। त्यसपछि बीडीओ कार्यालयमा कार्यक्रम सम्पन्न भयो। यस अवसरमा बीडीओ विश्वरंजन चक्रवर्ती, संयुक्त खण्ड बिकाश अधिकारी जाद्ब रोय, एआइ (स्कूल) रेजिना लेप्चा, सीडीपीओ नरबर्ट लेप्चा, बीसीडब्लुओ अशेष तामांगलगायत आइसीडीएस, एसएचजी, लोक प्रसार प्रकल्पका कलाकारहरु आदिको उपस्थिति रहेको थियो। बीडीओ चक्रवर्तीले राष्ट्रपिता महात्मा गान्धीको जीवनीबारे प्रकाश पारे भने सीडीपीओ लेप्चाले स्वच्छतामाथि शपथ ग्रहण गराएI यस अवसरमा एआइ (स्कूल) लेप्चाले आफूसंगै आफ्नो परिवेशलाई सफा राख्नुपर्ने आवहान गरिन् I लोक कलाकार शशिका राईले देशभक्ति गीत प्रस्तुत गरिन् I त्यसरी नै युद्धवीर उच्चतर माध्यमिक विद्यालयमा पनि बिबिध कार्यक्रमबीच राष्ट्रपिता गान्धीको 150 औं जन्मजयन्ती पालन गरियो I कार्यक्रममा स्कुलका एएचएम संजय बराइली मुख्य अतिथिको रुपमा उपस्थित थिए I विद्यालयका नानीहरुदुवारा तर्क प्रतियोगिता, एक्स्टेम्पो स्पीच आदि प्रस्तुत गरियो I जसमा तर्क प्रतियोगितामा विपक्ष दल बिजयी बने भने बेस्ट स्पीकर विपक्ष दलबाट लीलामाया छेत्री भइनI सहशिक्षक बिष्णु लाबरदूवारा संचालित कार्यक्रममा शिक्षकहरुक्रमैले लीनामित लेप्चा, इन्दिरा छेत्री, बर्नाडिट लेप्चा, बसन्त गुरुङ अनि टाइमकिपरमा प्रेम कुमार मुखिया थिए I प्रतियोगितामा बिजेता अनि उपविजेता दलका बिद्यार्थीहरुलाई एएचएम संजय बराइली अनि सहशिक्षिका लिनामित लेप्चाको बाहुलीबाट पुरुस्कार प्रदान गरियो I सहशिक्षक विशाल परियारले धन्यवाद ज्ञापन गरे I त्यसरी नै अम्बियोक विद्यालयमा पनि राष्ट्रपिताको 150 औ जन्म दिवस पालन गरियो। विद्यालय संचालन समितिका पदाधिकारी विराज तामाङले राष्ट्रपिता महात्मा गान्धीको तस्वीरमा द्वीप प्रज्वलन गरेर शुरु भएको कार्यक्रमको पहिलो चरणमा विद्यार्थाहरूद्वारा र्याली निकालियो। भजन गाउँदै निकालिएको र्याली गाउँ परिक्रमा गरेपछि विद्यालमा आएर दोस्रो चरणको कार्यक्रम शुरु भयो। विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रमलाई विद्यालयका शिक्षक प्रभारी ललित राईलगायत अन्य अतिथिहरूले सम्बोधन गरे। सम्बोधनमा वक्ताहरूले गान्धीको 150 औं जन्मदिवस विशेष कार्यक्रमका साथ पालन गरिरहेको बताए। यस अवसरमा विद्यालयका नानीहरूद्वारा नृत्य, गीत अनि कविता प्रस्तुत गरिएको थियो। अर्कोतिर पोख्रेबुङ विद्यालयमा पनि आज राष्ट्रपिता गान्धीको जन्म दिवस विविध कार्यक्रमका साथ पालन गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा विद्यालयका नानीहरूद्वारा नृत्य, गीत अनि कविता प्रस्तुत गरिएको थियो।
Camera
Rohan/ Sulav/ Gourav Rai Kulung
Edit
Lenin Rai
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-10-13गोरुबथान डान्सिङ स्टार सिजन - I को पहिलो अडिसनको केही झलकहरु ...
2019-10-11गोरुबथानमा सांसद बिष्टको पुत्ला दहन ...
2019-10-11चिया कमानका श्रमिकहरुले 20% को दरले बोनस पाउनुपर्ने माग गर्दै सोम्बारे बजारमा क्यान्डल जुलुस ...
2019-10-08गोरूबथानका विभिन्न स्थानहरूमा फुलपाती भव्यरूपमा पालन ....
2019-10-07गोरुबथान वेबका तमाम दर्शकहरुमा बडा दशैको हार्दिक मंगलमय शुभकामना ...
2019-10-07भेटरेन खेलको फाइनलमा गीतडाब्लिङ अनि गोरूबथान स्पोर्टस क्लब ....
2019-10-07गोरुबथानको विभिन्न ठाउँहरुमा शान्तिपुर्वक दुर्गा पुजा पालन ...
2019-10-06गोरूबथान वेबको पहलमा दिपिकालाई सहयोग ...
2019-10-04विभिन्न श्रमिक संगठनको साझा मंचद्वारा डाकिएको 12 घण्टे बन्द गोरूबथानमा शान्तिपूर्वक पालन ...
2019-10-03डान्समा रुचि राख्नेहरुको निम्ति सुनौलो अवसर, 13 अक्टोबरदेखि गोरुबथान डान्सिङ स्टारको अडिसन भइरहेको छ
2019-10-02गोरूबथानमा राष्ट्रपिता गान्धीको 150 औं जन्मजयन्ती पालन ...
2019-10-01अप्पर फागुस्थित दिपंकर छोर्तेनमा आगामी 10 नोभेम्बरदेखि तीन दिने डुजोम ठोइमाको पुजा हुने ...
2019-09-30क्यान्सर रोगी दलबहादुर राईलाई सहयोगको अपील ....
2019-09-29गोरूबथान रनर्सको चौथो स्थापना दिवस विविध कार्यक्रमका साथ पालन ....
2019-09-27शहीद कमानसिंह गुरुङ स्मृति विजेता अनि सुजित राई स्मृति उपविजेता ट्रफी नकआउट फुटबल टुर्नामेन्ट शुरू
2019-09-2629 सितम्बर 2019 -को दिन गोरूबथान रनर्सले चौथो स्थापना दिवस पालन गर्ने ...
2019-09-25गोजमुमो 43 अनि 44 नम्बर समष्टिद्वारा चियाश्रमिकहरूलाई 20 प्रतिशत बोनस वितरण गरिनुपर्ने माग ...
2019-09-25ब्युटी क्वीन मन्जू थापा सामसिङ भ्रमणमा, जलेको जर्जर घर देखेर बनिन भावुक ...
2019-09-24धर्मशालादेखि गोरूबथान टारसम्म जाने सडक कवीर सेवा समिति अनि चालकहरूद्वारा मरम्मति ...
2019-09-23Beena'Z, the leading footwear branch store at Mal Bazar ...
2019-09-22दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीपको पहिलो दिन ....