लागु पदार्थमुक्त गोरूबथानको निम्ति कोअर्डिनेशन कमिटी गठन ...
गोरूबथानलाई लागु पदार्थमुक्त बनाउन कोअर्डिनेशन कमिटी गठन गरिएको छ। गोजमुमो 43 नम्बर समष्टि कोअर्डिनेशन कमिटी सदस्य तेन्हाङ राईको अध्यक्षतामा बसिएको सभामा गोरूबथानलाई लागु पदार्थमुक्त बनाउन राजनीतिक दल, विभिन्न गैरसरकारी संस्था, सरकारी-गैरसरकारी विद्यालयलगायत अन्य क्षेत्रका प्रतिनिधिहरूलाई लिएर बसिएको सभामा कोअर्डिनेशन कमिटी गठन गरियो। जसमा बासु राई (प्रोजेक्ट रिचिङ आउट फाउण्डेशन, गोरूबथान), भाष्कर तामाङ (हु केयर्स), ओमप्रकाश कार्की (गोरूबथान ग्रासरूट फाउण्डेशन), डम्बर मणि राई (भिजन आहाले), सुरज प्रधान (न्यु स्पोर्टिङ क्लब), रोहित शर्मा (अम्बियोक हाइ स्कूल), रितु छेत्री (अम्बियोक कंचनजंघा संघ), तेन्हाङ राई (गोजमुमो विनय खेमा), रतन थापा (गोजमुमो विनय खेमा), हैदर अली, योगेश राई बाछाना रहेका छन्। जसबाट बासु राईलाई कोअर्डिनेटर अनि हैदर अलीलाई सबकोअर्डिनेटर चयन गरियो। ओमप्रकाश कार्कीको स्वागत सम्बोधनबाट शुरु भएको सभालाई कोअर्डिनेशन समिति सदस्य सूर्यमणि राई, भाष्कर तामाङ, रोहित शर्मा, सुरज प्रधान, महेश्वर प्रधान, डम्बरमणि राई आदिले पनि सम्बोधन गरेका थिए।