गोरूबथान नागरिक मंचको आयोजनमा गोरूबथानमा मेलिना राई संगीतमय साँझ ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=AXSQnsfropE



Duration: 27:21
24,641 views
385


गोरूबथान नागरिक मंचको आयोजनमा शनिवार गोरूबथानमा मेलिना राई संगीतमय साँझ सम्पन्न भयो। केही समयको अन्तरालपछि सम्पन्न भएको सांगीतिक कार्यक्रममा स्थानीयलगायत बाहिरका संगीतप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। पानडाँडा खेल मैदानमा आयोजिक मेलिना राई संगीतमय साँझमा मुख्य आकर्षण रहेकी ख्यातिप्राप्त गायिका मेलिनाले गोरूबथानवासीलाई बिहानको साढे एक बजीसम्म नचाइन्। मेलिनालाई हेर्न तथा सुन्न आएका दर्शक तथा स्रोताहरूको भीड देखेर ऊर्जावान बनेकी गायिका मेलिनाले पनि कार्यक्रममा सक्दो मनोरञ्जन गरिन्। गोरूबथानमा पहिलो चोटि आएकी मेलिनाले गोरूबथानबासीबाट पाएको माया तथा दर्शक साथै स्रोतावर्गको सहयोगप्रति आभार प्रकट गर्दै यस क्षणलाई आफ्नो जीवनको स्मरणीय क्षण रहेको बताइन्। कार्यक्रमअवधि तिनले अधिकांश गीतहरू आफ्नै प्रस्तुत गरिन् भने कति गीतहरू दर्शकहरूको अनुरोधमा गाएर सुनाइन्। मध्य रातिको बाह्रा बज्न दश मिनटअघि मंचमा उत्रिएकी मेलिनाले लगातार रूपमा साढे एक बजीसम्म आफ्नो प्रस्तुति दिएर उपस्थित दर्शक तथा स्रोताहरूलाई भरपूर मनोरञ्जन दिलाइन्। म्युजिक मेलोडी मिरिकको ब्याण्डले लाइभ प्रस्तुति दिएको कार्यक्रममा हालैमा भोइज अफ् नेपाल सिजन दुइमा सहभागी बनेका सिक्किमका गायक नविन गजमेरले पनि आफ्नो कर्णप्रिय गीतहरूले उपस्थित दर्शकहरूलाई सक्दो नचाए। नेपालकी आरजे भूमिका सुब्बा अनि भक्त राईद्वारा संयुक्त रूपमा संचालित कार्यक्रममा म्युजिक मेलोडी ब्याण्ड मिरिकका कलाकारहरूले पनि गीत अनि नृत्य प्रस्तुति गरे। गीत प्रस्तुतिकै क्रममा स्थानीय कलाकारहरू गायक विलम राई, सागर राई, शशिका राई, अनुपा गुरुङ, स्मारिका राई, कालेबुङ म्याडडग समूह आदिद्वारा पनि गीत प्रस्तुत गरिएको थियो। संगीतमय साँझलाई थप आकर्षक बनाउनको निम्ति सरस्वती डान्स एकाडेमी, अप्पर फागु कल्चरल एसोसिएशन, सलोमी सुब्बा (मङपु), सुइलिन थापा (कुमाई) आदिद्वारा नृत्य प्रस्तुत गरियो। यस अवसरमा कालेबुङका चर्चित हाँस्यव्यांग्य कलाकार महेन्द्र बागदासले पनि आफ्नो कलाद्वारा उपस्थित दर्शकहरूको मन जित्न सफल बने। तिनले हसाउनेक्रममा गोर्खा जातिको वर्तमान सामाजिक, राजनीतिक अवस्थाहरूलाई पनि समेटेका थिए। भिजन गोरूबथानको प्रायोजन अनि जीटीएको विशेष सहयोगमा सम्पन्न संगीतमय साँझमा गोजमुमो ४३ नम्बर समष्टि जोनल एक सभापति अजय प्रधान मुख्य अतिथिको रूपमा उपस्थित थिए। त्यसरी नै सचिव रविन प्रधान, जोनल दुइ सभापति पेमा योञ्जन, सचिव रतन थापा आदि विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। गोरूबथानको विकाश, उन्नतिमा विशेष सहयोग पुराउने दिवंगत हस्तीहरू क्रमैले मूर्धन्य साहित्यकार स्व. हायमन दास राई किरात, युद्धवीर उमाविका पूर्वप्रधानाध्यापक स्व. आरबी राई, स्व, एबी गुरुङ, स्व. बीबी राणा, स्व. एसएस राई, स्व. एबी राणालाई श्रद्धाञ्जली अर्पण गर्न तथा आर्थिक अवस्था कमजोर भएका रोगीहरूलाई आर्थिक सहयोग दिने हेतुले आयोजन गरिएको कार्यक्रमको अध्यक्षता आयोजक कमिटीका सभापति सनम थापाले गरेका थिए। रंगारंग कार्यक्रममा स्वागत सम्बोधन समिर राई शान्तिले राखेका थिए।
Camera
Rohan Kulung
Edit
Lenin Rai
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-03-18किडनी रोगी लाल बहादुर प्रधानलाई सहयोगको अपील …
2020-03-17रुथ एडुकेशनल रिफर्म-द्वारा पेशागत शिक्षा ...
2020-03-16गोरुबथान आशिहारा कराते एसोसिएसनद्वारा एन्टी ड्रग्स अनि कोरोना भाइरसबारे सचेतना रयाली ...
2020-03-12आगामी मार्च 21 अनि 22 - मा साहित्य महोत्सव - 2020 मङपुमा हुने ….
2020-03-11युमोद्वारा गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र परिसरको सरसफाई ...
2020-03-11म्युजिक स्कूल अफ् गोरूबथानको उद्घाटन ....
2020-03-11लागु पदार्थमुक्त गोरूबथानको निम्ति कोअर्डिनेशन कमिटी गठन ...
2020-03-05गोजमुमो 43 नम्बर समष्टि कोअर्डिनेशन कमिटीको सभा ....
2020-03-05बीच गाउँमा शिशु आलय भवनको उद्घाटन ...
2020-03-04मेलिना राई संगीतमय साँझ कार्यक्रममा कालेबुङका चर्चित हाँस्यव्यांग्य कलाकार महेन्द्र बागदास ...
2020-03-04गोरूबथान नागरिक मंचको आयोजनमा गोरूबथानमा मेलिना राई संगीतमय साँझ ...
2020-03-03निपानीया कोलाबारी नेपालीहाई स्कूलको नव-निर्मित भवन जीटीए अध्यक्ष अनित थापाको बाहुलीबाट उद्घाटन गरियो
2020-03-03जंगपानावासीले पाए विकाशको निकाश, क्षेत्रवाशीले जीटीए बीओए चियरमेन अनित थापाप्रति गरे आभार प्रकट …
2020-03-01डीटीडीपीएलयु कालेबुङ जिल्ला समितिको सांगठानिक सभा ...
2020-02-28Baisa fulew # Babita Kulung# Nisha Tamang (Chhetri) # Nepali Music Video
2020-02-27OH PRIYATAM //New Nepali music Video of Samantak//Ft. Siddhant Rai/ Swilin Thapa//2020
2020-02-27भानु र पाला टोलीले चाडै ''सर्टकर्ट रातारात मालामाल'' नामक चलचित्र लिएर दर्शकसामु आउने ...
2020-02-26सांसद राजु विष्टको गोरुबथान आगमनपछि गोजमुमो को-अर्डिनेशन कमिटीका सदस्य तेन्हाङ राईले के के भने त …
2020-02-26नर्थ बेङ्गल स्तरीय भलिवल प्रतियोगिताको फाइनल खेल सम्पन्न, शोल्खापाडा विजयी ...
2020-02-23भाजपा पार्टी कार्याकर्ता अनि घटक दलका समर्थकहरूलाई लिएर सोमबारे बजारस्थित सामुदायिक भवनमा सभा ...
2020-02-23गोरूबथानको भ्रमणअवधि सांसद राजु विष्टले पत्रकारहरुसित कुराकानी गर्दै यसो भने, ...