युमोद्वारा गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र परिसरको सरसफाई ...
निर्धारित कार्यक्रमअनुसार शनिवार युमोद्वारा गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्र परिसर सरसफाई गरियो। गोरूबथानलाई स्वच्छ राखौं भन्ने उद्देश्य लिएर शुरु गरिएको कार्यक्रममा युमो कालेबुङ जिल्ला समितिका पदाधिकारी, 43 नम्बर जोनल एक अनि दुइका पदाधिकारी तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सफाई कार्यक्रममा सामेल सदस्यहरूले अस्पताल परिसरमा थुप्रिएका फोहोर मैलाहरूलाई एकत्रित गरेर जलाउने तथा व्यवस्थित गर्ने काम गरे। युमो कालेबुङ जिल्ला समितिको आयोजनमा सम्पन्न सफाई कार्यक्रममा दुवै जोनबाट बाक्लो संख्यामा युवाहरूको उपस्थिति रहेको थियो। युवा मोर्चा कालेबुङ जिल्ला समितिले राजनीतिबाट माथि उठेर समाज सेवा गर्ने सोच राखेको छ। यस अवसरमा जोनल एक सभापति दिपक कार्की, दुइ सभापति सांगे शेर्पा, जिल्ला समिति सदस्य अशोक छेत्री, राजेश राई, रोहित शर्मा, जोनल एक सचिव प्रकाश लेप्चा, गोजमुमो समष्टि एक सचिव रविन प्रधान आदिको विशेष सहभागिता रहेको थियो।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396