भाजपा पार्टी कार्याकर्ता अनि घटक दलका समर्थकहरूलाई लिएर सोमबारे बजारस्थित सामुदायिक भवनमा सभा ...
सांसद भएपछि राजु विष्टले पहिलो चोटि आइतवार गोरूबथानको भ्रमण गरे। भ्रमणअवधि सांसद विष्टसित भाजपा गठबन्धनको जम्बो टोली नै गोरूबथाना भित्रिएको थियो। सांसदसित दार्जीलिङ भाजपा विधायक निरज जिम्बा, गोजमुमो कार्यकारी अध्यक्ष डा. लोपसाङ लामा, प्रवक्ता बीपी बजगाई, डा. आरबी भुजेल, आरपी वाइबा, चन्द्र योञ्जन, लिलाकुमार गुरुङ, प्रमोद छेत्री, रमेश थापा, नवाङ राई, अनिल लोपचन, दिपेन्द्र निरौला, सीपीआरएमबाट किशोर प्रधान, अरूण घतानी, सुमेटि मंचबाट विकाश राई आदिको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा स्थानीय पार्टी कार्याकर्ता, घटक दलका समर्थकहरूलाई लिएर सोमबारे बजारस्थित सामुदायिक भवनमा सभा सम्पन्न भयो। जेके छेत्रीको अध्यक्षतामा सम्पन्न सभामा पूर्वसभासद् चन्द्र योञ्जनले स्वागत भाषण राखे I भरत राईद्वारा संचालित कार्यक्रमलाई दार्जीलिङ भाजपा विधायक निरज जिम्बा, गोजमुमो कार्यकारी अध्यक्ष डा. लोपसाङ लामा, प्रवक्ता बीपी बजगाई, सीपीआरएमबाट किशोर प्रधान, सुमेटि मंचबाट विकाश राई आदिले सम्बोधन गरेका थिए।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396