गोरूबथान नागरिक मंचको ब्यानरमा आगामी २९ फरवरीको दिन गोरूबथानमा मेलिना राई संगीतमय साँझ हुने ...
गोरूबथान नागरिक मंचको ब्यानरमा आगामी २९ फरवरीको दिन गोरूबथानमा मेलिना राई संगीतमय साँझ आयोजन भइरहेको छ। पानडाँडा खेल मैदानमा हुने कार्यक्रमको निम्ति अहिले आयोजक कमिटी अन्तिम तयारीमा जुटेको छ। कार्यक्रमबारे बोल्दै आयोजक समितिका सचिव भक्त राई अनि कोषाध्यक्ष विलम राईले स्थानीय कलाकारहरूलाई प्रेरणा प्रदान गर्न तथा आर्थिक अवस्था कमजोर भएका रोगीहरूलाई आर्थिक सहयोग पुराउने उद्देश्य राखेर आयोजन गरिएको उक्त संगीतमय साँझमा मुख्य आकर्षण ख्यातिप्राप्त गायिका मेलिना राई रहनेछिन् भने हालैमा सम्पन्न भोइस अफ् नेपालमा निर्णयकहरूको मन जित्न सफल बनेका सिक्किमका गायक नविन गजमेरको पनि प्रस्तुति रहनेछ। इलाम, नेपालीकी आरजे भूमिका सुब्बा होस्ट रहने संगीतमय साँझमा सरस्वती डान्स एकाडेमी टोलीद्वारा नृत्य अनि कालेबुङका हाँस्य कलाकार महेन्द्र वागदासको कार्यक्रम पनि प्रस्तुत गरिनेछ। भिजन गोरूबथानको विशेष सहयोगमा हुने कार्यक्रममा थप आकर्षणको रूपमा विभिन्न जात-गोष्ठीलाई लिएर जातीय फेशन शो पनि आयोजन भइरहेको पदाधिकारीद्वयले बताए। स्थानीय कलाकारहरूको पनि प्रस्तुत रहने उक्त संगीतमय साँझलाई सफल बनाउन स्थानीय कला-संगीतप्रेमीलगायत सम्पूर्ण गोरूबथानबासीलाई खुलेर अघि बढी सहयोग गरिदिन आयोजक कमिटीले हार्दिक अपील गरेको छ। आयोजक कमिटीमा सभापति सनम थापा, उपसभापति सचिन राई, सहसचिव संजय राई, सल्लाहकार समिर राई शान्ति, धनराज राई, निशानदास राई, मेघनाथ राई, सूर्यमणि राई रहेका छन् भने १५ जनालाई कार्यकारी सदस्यको रूपमा राखिएको छ।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396