माध्यमिक परीक्षाको पहिलो दिन गोरूबथान परीक्षा केन्द्रबाट 912 विद्यार्थीहरूले माध्यमिक परीक्षा लेखे
मंगलवारदेखि यस वर्षको माध्यमिक परीक्षा शुरु भयो। परीक्षाको पहिलो दिन गोरूबथानका तीनवटा परीक्षा केन्द्रहरूमा परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। कठोर सुरक्षाबीच थप केही नयाँ नियमहरूसहित शुरु भएको माध्यमिक परीक्षाको पहिलो दिन गोरूबथानका तीनवटा परीक्षा केन्द्रबाट मोठ ९१२ विद्यार्थीहरूले परीक्षा लेखे भने ६ जना परीक्षार्थीहरू अनुपस्थित रहे। जसमा युद्धवीर उमावि परीक्षा केन्द्रमा ३४३, बाग्राकोट उमावि परीक्षा केन्द्रमा ४८५ अनि अम्बियोक परीक्षा केन्द्रमा ८४ जना विद्यार्थीहरूले परीक्षा लेखेको जानकारी छ। माध्यमिक परीक्षा केन्द्र सचिव संजय बराइली (प्रधानाध्यापक, युद्धवीर उमावि), अफिसर इञ्चार्ज रेजिना लेप्चा (एआई, स्कूल), सेन्टर सुपरभाइजर विशाल परियार, एडिशनल सेन्टर सुपरभाइजर वसन्त गुरुङ, भेन्यु सुपरभाइजर सागर शर्मा (एएचएम, बाग्राकोट), ललित राई (टीआईसी, अम्बियोक), एडिशनल सेन्टर सुपरभाइजर सोहन ठाकुर (बाग्राकोट), प्रेम कुमार मुखिया (युद्धवीर), राजेन तामाङ (अम्बियोक), बोर्ड नोमिनी बबरू बहन राणा रहेका छन्। परीक्षाको पहिलो दिन परीक्षा केन्द्र सचिव बराइली, अफिसर इञ्चार्ज एआई लेप्चा, बोर्ड नोमिनी राणा आदिले परीक्षा केन्द्रहरूको भ्रमण गरेको थप जानकारी प्राप्त भएको छ। पहिलो दिनको परीक्षा शान्तिपूर्ण ढंगमा सम्पन्न भएकोमा परीक्षा केन्द्र सचिव अनि इञ्चार्जले सबैप्रति आभार प्रकट गर्दै रहल परीक्षाहरू पनि शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सहयोग पुराउन आह्वान गरेका छन्। अर्कोतिर यस वर्षदेखि अम्बियोक माध्यमिक परीक्षा केन्द्रमा रेगुलर परीक्षार्थीहरूले पनि परीक्षा लेखे। यसभन्दा अघि यस केन्द्रबाट सीसी अनि कम्पार्टमेन्टल परीक्षार्थीहरूले मात्र परीक्षा लेख्ने गर्थे।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396