गोरूबथानको भ्रमणअवधि सांसद राजु विष्टले पत्रकारहरुसित कुराकानी गर्दै यसो भने, ...
सांसद भएपछि राजु विष्टले पहिलो चोटि आइतवार गोरूबथानको भ्रमण गरे। भ्रमणअवधि सांसद विष्टसित भाजपा गठबन्धनको जम्बो टोली नै गोरूबथाना भित्रिएको थियो। सांसदसित दार्जीलिङ भाजपा विधायक निरज जिम्बा, गोजमुमो कार्यकारी अध्यक्ष डा. लोपसाङ लामा, प्रवक्ता बीपी बजगाई, डा. आरबी भुजेल, आरपी वाइबा, चन्द्र योञ्जन, लिलाकुमार गुरुङ, प्रमोद छेत्री, रमेश थापा, नवाङ राई, अनिल लोपचन, दिपेन्द्र निरौला, सीपीआरएमबाट किशोर प्रधान, अरूण घतानी, सुमेटि मंचबाट विकाश राई आदिको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा स्थानीय पार्टी कार्याकर्ता, घटक दलका समर्थकहरूलाई लिएर सोमबारे बजारस्थित सामुदायिक भवनमा सभा सम्पन्न भयो। जेके छेत्रीको अध्यक्षतामा सम्पन्न सभालाई मुख्य वक्ताको आसनबाट सम्बोधन गर्दै सांसद विष्टले पहाड, तराई अनि डुवर्समा सूर्योदय हुने समय़ आएको बताए। सबै यसको प्रतिक्षामा रहेको बताउँदै सम्पूर्ण गोर्खा जाति एक भएर काम गर्नुपर्ने आह्वान गरे।
पूर्वसभासद् चन्द्र योञ्जनको स्वागत सम्बोधनबाट शुरु भएको सभालाई सम्बोधन गर्दै सांसद विष्टले अहिले देशभरि नै चर्चामा रहेको एनआरसी, सीएए अनि एनपीआरबारेमा पनि विचार राखे। भरत राईद्वारा संचालित कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता तथा गोजमुमो विमल खेमाका कार्यकारी सभापति डा. लोपसाङ लामाले गोर्खा जातिको स्थायी राजनीतिक समस्या समाधान भनेको बंगालदेखि छुट्टिनु हो। गाउँको समस्या हुँदै गर्छ, तर सबैभन्दा ठूलो कुरो अहिले माटोको मुद्दा रहेको बताए।
Camera
Lenin Rai/ Rohan Kulung
Edit
Rohan Kulung
8637816394/ 9733161396