गोरूबथान डान्सिङ स्टारको विजेता बन्यो आरडीआई क्रिउ सिलगढी ....
पल स्टुडियोको प्रस्तुति अनि पारिजात फाउण्डेशन सोसाइटी एवं अप्पर फागु स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशनको संयुक्त आयोजनमा चलिरहेको गोरूबथान डान्सिङ स्टार सिजन एकको ग्राण्ड फिनाले १२ फरवरीको दिन अप्पर फागु फुटबल खेल मैदानमा भव्य रूपमा सम्पन्न भयो। १० जना फाइनलिस्टहरूमाझ भएको कठोर प्रतिस्पर्द्धामा आरडीआई क्रिउ सिलगढी विजेता बन्यो। गोरूबथानमा पहिलो पल्ट भएको डान्सिङ स्टार प्रतियोगितामा विजेता बन्ने प्रतियोगीलाई ७० हजार रूपियाँ नगद, आकर्षक ट्रफी अनि प्रमाण पत्र प्रदान गरियो। प्रतियोगितामा उत्कृष्ट कला प्रदर्शन गर्ने ग्याल्पो तामाङ अनि सुधा एण्ड पण्जुलाई राइजिङ स्टार चयन गरियो। राइजिङ स्टार पुरस्कारको प्रायोजन जाइलिस, मालबजारले गरेको थियो। त्यसरी नै अन्य ९ जना प्रतियोगिहरूलाई पनि आयोजक पक्षबाट नगद, ट्रफी अनि प्रमाण पत्र दिइयो। दर्शकवर्गले खचाखच भरिएको संगीतमय साँझमा राष्ट्रिय पुरस्कार प्रापक डीबी सार्की मुख्य अतिथिको रूपमा उपस्थित थिए। प्रतियोगीहरूको छनौट निर्णायक, अनलाइन भोटिङ, लाइभ भोटिङद्वारा तय गरियो। अन्तिम दशमा सुधा एण्ड पण्जु (जयगाउँ), शिक्षित थापा (जयगाउँ), आरडीआई क्रिउ (सिलगढी), स्वीलिन थापा (कुमाई), सम्बृद्धि ब्लोन (अम्बियोक), ग्याल्पो तामाङ (दार्जीलिङ), सलोनी लिम्बु (मङपु) अनिरबन रोय (धुपगढी), नर्बु डुक्पा (दार्जीलिङ), जिया एण्ड निलन्चल (कालेबुङ) पुगेका थिए। कार्यक्रममा थप आकर्षणको रूपमा डुवर्सका चर्चित गायक पुष्पन प्रधान, कालेबुङबाट प्रणेश राई अनि अलगढाबाट मेरिना लेप्चा रहेका थिए। अतिथि कलाकारहरूले पनि कार्यक्रममा आ-आफ्नो प्रस्तुति दिएर कार्यक्रममा थप आकर्षण थपे। अतिथि कलाकारहरूलाई मुख्य अतिथि, विशिष्ट अतिथि एलके सोताङ, रतन थापाको बाहुलीबाट सम्बर्द्धना पनि जनाइयो। विजय सरकार, सामन्ता प्रधान, बिकी दर्नाल, सरस्वती शर्मा निर्णायक रहेको ग्राण्ड फिनालेमा विष्णु लावर, सत्येन लामा, काशिराम प्रधान, प्रणय गुरुङ, ज्ञानबहादुर गुरुङ, प्रणय प्रधान, प्रशान्त प्रधान, समिर राई आदि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। आरजे संजय प्रधान अनि विश्वदीप प्रधानद्वारा संचालित कार्यक्रममा सत्यम स्क्वार्डका कलाकारहरूद्वारा स्वागत नृत्य प्रस्तुत गरियो भने स्मारिका राई, प्रणेश राई, हिमाल राणाद्वारा गीत प्रस्तुत गरिएको थियो।
Camera
Lenin Rai Kulung
Edit
Rohan Kulung
8637816394/ 9733161396