वर्ष 2020 - को माध्यमिक परीक्षामा गोरूबथान परीक्षा केन्द्रबाट मोठ 962 विद्यार्थीहरूले परीक्षा लेख्ने
१८ फरवरीदेखि शुरु भइरहेको वर्ष २०२० को माध्यमिक परीक्षामा गोरूबथानका तीनवटा परीक्षा केन्द्रबाट मोठ ९६२ विद्यार्थीहरूले परीक्षा लेख्नेछन्। यहाँको मुख्य परीक्षा केन्द्र युद्धवीर उमावि परीक्षा केन्द्रमा ३४४ जना रेगुलर परीक्षार्थीहरूमा १८५ जना केटा अनि १५९ जना केटी रहेका छन्। त्यसरी नै बाग्राकोट उमावि परीक्षा केन्द्रमा ५०८ जना परीक्षार्थीहरूमा २०३ जना रेगुलर केटा, २२७ जना रेगुलर केटी, २६ जना सीसी केटा, ३० जना सीसी केटी, ११ जना कम्पार्टमेन्टल केटा, ११ जना कम्पार्टमेन्टल केटीले परीक्षा लेख्नेछन्। अर्कोतिर अम्बियोक उमावि परीक्षा केन्द्रमा ११० परीक्षार्थीहरूमा १४ जना रेगुलर केटा, २४ जना रेगुलर केटी, १६ जना सीसी केटा, ३२ जना सीसी केटी, १४ जना कम्पार्टमेन्टल केटा अनि १० जना कम्पार्टमेन्टल केटीले परीक्षा लेख्ने जानकारी प्राप्त भएको छ। २७ फरवरीसम्म चल्ने परीक्षाको पहिलो दिन १८ फरवरी पहिलो भाषा, १९ फरवरी दोस्रो भाषा, २० फरवरी भूगोल, २२ फरवरी इतिहास, २४ फरवरी हिसाब, २५ फरवरी भौतिक विज्ञान, २६ फरवरी जीव विज्ञान अनि २७ फरवरी विकल्प ऐच्छिक विषय रहेका छन्।