तुम्लाबुङ युनाइटेड फोरम निम बस्तीको आयोजनमा सांस्कृतिक तथा सम्बर्द्धना कार्यक्रम ...
तुम्लाबुङ युनाइटेड फोरम, निम बस्तीको आयोजनमा बिहीवार सांस्कृतिक तथा सम्बर्द्धना कार्यक्रम सम्पन्न भयो। टीबी छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द वेदा अकादमी, मालबजारका निदेशक प्रणय प्रधान मुख्य अतिथिको रूपमा उपस्थित थिए। वसन्त पन्चमीको अवसरमा सम्पन्न प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा अञ्जली राई अनि सिफोरा जोगीलाई आयोजक पक्षबाट सम्बर्द्धना जनाइयो। कैलाश छेत्रीको स्वागत सम्बोधनबाट शुरु भएको प्रतियोगितात्मक कार्यक्रममा नेपालीबाट स्नेह राई प्रथम, निहा मुखिया (सिक्किम) दोस्रो अनि डोमा तामाङ तेस्रो भए भने हिन्दीबाट निकिता मुखिया (सिक्किम) पहिलो, स्मिका थापा दोस्रो अनि सुहाना राई तेस्रो भए। विजयी प्रतियोगीहरूलाई मुख्य अतिथि, दिवसीय सभापति तथा अन्य अतिथिहरूको बाहुलीबाट पुरस्कार प्रदान गरियो। कार्यक्रममा शशिका राई, सागर राई, आइतबहादुर राई, महेश लेप्चा, विवेश राई, सूर्य राई, सुमित्र थापा आदिद्वारा गीत प्रस्तुत गरिएको थियो भने गाउँको कथा टोलीद्वारा नाटक पनि प्रस्तुत गरियो। कार्यक्रमलाई सफल बनाउन सहयोग पुराउने सम्पूर्णप्रति आयोजक कमिटीका सभापति मनकुमार राईले आभार प्रकट गरे। सत्येन छेत्री र एमबी साम्पाङद्वारा संचालित कार्यक्रममा स्वागत नृत्य प्रेणा छेत्री अनि समुहद्वारा गरिएको थियो।
Camera
Damber Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396