गोरूबथान युवा अनि खेलकूद विभागको आयोजनमा विवेक चेतना उत्सव पालन ...
गोरूबथान युवा अनि खेलकूद विभागको आयोजनमा आइतवार स्वामी विवेकानन्दको 157 औं जन्म दिवस विवेक चेतना उत्वसको रूपमा पालन गरियो। यहाँको बीएडीपी प्रेक्षगृहमा पालन गरिएको कार्यक्रमको अध्यक्षता खण्ड विकाश अधिकारी विश्वरंजन चक्रवर्तीले गरेका थिए भने युद्धवीर उमाविका सहशिक्षक प्रेम कुमार मुखिया मुख्य अतिथिको रूपमा उपस्थित थिए। दिवसीय सभापति, मुख्य अतिथि, अतिथिहरूको बाहुलीबाट विवेकानन्दको तस्वीरमा द्वीप प्रज्वलन गरेर शुरु गरिएको कार्यक्रममा मुस्कान गुरुङ अनि समूह, उपासना तामाङद्वारा नृत्य प्रस्तुत गरिएको थियो। यस अवसरमा विवेकानन्दको जीवनबारे सुष्मिता छेत्रीले प्रकाश पारिन्। त्यसरी नै लीलामाया छेत्री र योजना सुब्बाले कविता वाचन गरे। कार्यक्रम शुरु हुनअघि बीडीओ कार्यालयदेखि एक र्याली निकालियो। र्यालीले सोमबारे बजार परिक्रमा गरेर पुन: बीडीओ कार्यालयमै पुगेर समापन भएपछि दोस्रो चरणको कार्यक्रम शुरु गरियो। योगेश राई बाछानाद्वारा संचालित कार्यक्रममा प्रितम घोष, उषा लामा, संगिता सुब्बा आदिको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागिता जनाउनेहरूलाई दिवसीय सभापति अनि मुख्य अतिथिको बाहुलीबाट पुरस्कार प्रदान गरियो।
Camera
Yogesh Bachana
Edit
Rohan Kulung
8637816394/ 9733161396