तीन दिने ठोईमा नागमो च्योद (क्रोधिकाली),दुन्ग्येद जुङबोही सूर अनि रिवो साङ पुजा
अप्पर फागुस्थित दिपंकर छोर्तेन प्रांगनमा आइतवारदेखि शुरु भएको तीन दिने ठोईमा नागमो च्योद (क्रोधिकाली), दुन्ग्येद जुङबोही सूर अनि रिवो साङ पुजा आज समापन भयो। ढुङ्से कुन्जाङ जिग्मी नामग्याल रिम्पोछेको उपस्थितिमा सम्पन्न तीन दिने पुजाको समापन दिन रिवो साङ कार्यक्रम सम्पन्न भयो। यस अवसरमा तीनै दिन रिम्पोछेले प्रवचन दिए। कार्यक्रमको पहिलो दिन दुन्ग्येद जुङबोही सूर अनि दोस्रो दिन ठोईमा नागमो च्योद पुजा सम्पन्न भयो। तीन दिने कार्यक्रममा स्थानीयलगायत बाहिरका भक्तजनको पनि बाक्लो उपस्थिति रहेको थियो। आयोजक कमिटीमा कुस्योला पाल्देन लामा, सुरज मोक्तान, बुद्ध तामाङ, श्रीमति सृजना राई तामाङ, रूपेन राई, सत्येन तामाङ आदि समन्वयक रहेका छन्। आयोजक कमिटीले दिएको जानकारीअनुसार यो पाँचौ कार्यक्रम हो। छैटौं कार्यक्रम पनि आगामी वर्ष सोही स्थानमा गरिनेछ। आयोजक कमिटीको पक्षबाट तीन दिने कार्यक्रमलाई सफल बनाउन सहयोग पुराउने सबैप्रति सत्येन तामाङ, श्रीमति सृजना राई तामाङले आभार प्रकट गरेका छन्।
Camera
Rohan Kulung
Edit
Lenin Rai
8637816394/ 9733161396