कथाकार तथा सम्पादक शिबु छेत्रीकृत बाल कथा सङग्रह ‘नयाँ जुत्ता’ –को विमोचन ...
सिलगढ़ीबाट प्रकाशित नेपाली दैनिक समाचार - पत्र हिमालय दर्पणका सम्पादक तथा कथाकार शिबु छेत्रीकृत बाल कथा सङ्ग्राह 'नयाँ जुत्ता' - को आइतवार प्रधाननगरस्थित भानुभक्त समिति भवनमा एउटा कार्यक्रमबीच विमोचन गरियो I कार्यक्रममा उपस्थित मुख्य अथिति, विशिष्ट अथिति अनि खोलाचन्द फाप्री नेपाली प्राथमिक पाठशालाका विधार्थीहरुको बाहुलीबाट कथाकारको उपस्थितिमा पुस्तकको विमोचन गरियो I कार्यक्रमका प्रमुख अतिथि सङ्गीतकार दुर्गा खरेलले कार्यक्रमलाई सम्बोधन गर्दै शिबु छेत्रीकृत नया जुत्ताले बाल साहित्यलाई धेरै टेवा पुर्याउने बताए I त्यसरी नै वरिष्ठ साहित्यकार नर बहादुर दाहालले यो वर्ष कुनै पनि बाल कथा सङ्ग्रह प्रकाशित भएको अनि 'नयाँ जुत्ता' पहिलो हो भनी ठोकुवा गरे I कार्यक्रमलाई साहित्यकार विन्धा सुब्बा, साहित्यकार पी.अर्जुन, वरिष्ठ पत्रकार एवम् साहित्यकार विमल राई, पुर्व एडीएम गोपाल लामा, तराई -डुवर्स गोर्खा डेभलपमेन्ट बोर्डका कार्यकारी सदस्य तथा शिक्षक राम छेत्री एवम् भानुभक्त समितिका सचिव कृष्ण लामाले पनि कार्यक्रमलाई सम्बोधन गरे I साहित्यकार मोहन ठकुरी अनि युवा कविहरु क्रमैले राजा पुनयानी, छेवांग योञ्जन, राकेश क्रान्तिकारी आदिले आफ्नो कविता प्रस्तुत गरे I गायक वीरेन्द्र प्रधानको सुमधुर गीतले कार्यक्रमलाई केहीक्षणको निम्ति साङ्गीतिक माहौलमा पुर्याएको थियो I कथाकार छेत्रीले कार्यक्रममा आख्य़ानकार छुदेन काविमोसँग सम्वाद गर्ने क्रममा पुस्तक बिक्रीबाट सङ्ग्रह भएको सबै धनराशि पत्रकार चन्द्रमान राईको चिकित्साको निम्ति तिनको परिवारलाई प्रदान गर्ने घोषणा गरे I स्मरण गरान्छ, सिटोङ निवासी पत्रकार चन्द्रमान राई केही वर्षदेखि थला परेका छन् I परिवारको आर्थिक अवस्था कमजोर हुनको कारण तिनको चिकित्सामा केही सहयोग पुऱ्याउने उदेश्यले पुस्तक बिक्रीबाट सङ्ग्रह भएको सबै धनराशि चन्द्रमान राईको परिवारको हातमा सुम्पिइने कथाकार शिबु छेत्रीले कार्यक्रम मन्चबाट घोषणा गरे I
Camera/ Edit
Lenin Rai
8637816394/ 9733161396