अम्बियोक चियाबारीका 50 परिवार गोजमुमो (बिनय - अनित) खेमामा सामेल ...
अम्बियोक चियाबारीस्थित छेत्री गाउबाट 50 परिवारले गोजमुमो र भाजपालाई त्यागेर गोजमुमो (बिनय - अनित) खेमामा सामेल भएको छ। गोरुबथान जोनल एकका प्रचार - प्रसार सचिव ताबरस हैदर अलीद्वारा जारी बिज्ञप्ती अनुसार सोमबार उक्त परिवारले आ-आफ्नो पार्टी त्यागेर गोजमुमो (बिनय- अनित) खेमामा स्वेच्छाले सामेल भएको जनाइएको छ। बिज्ञप्तीअनुसार अम्बियोक शाखा सभापति सजित राईको अध्यक्षतामा बसेको सभामा बरुण छेत्री र ऋतुराज छेत्रीको अगुवाइमा उक्त 50 परिवार गोजमुमोमा सामेल भएका थिए भने जोनल एक सभापति अजय प्रधानको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाएका थिए। उक्त सभामा जोनल एक सभापति प्रधानलगायत सचिव रबिन प्रधान, कोर कमिटी सदस्य ओम प्रकाश कार्की, कमला तिवारी, कमला तामाङ, दिपक कार्की, राजेश राई, उदय प्रधान, बिशाल गुरुङ, मन बहादुर छेत्री, बिराज तामाङ आदि उपस्थित थिए।
Camera
Tabrash Haider Ali
Edit
Lenin Rai
8637816394/ 9733161396