गोरूबथान एफसी अनि गोरूबथान हाइ स्कूल विजयी ...
स्पोर्ट्स क्लब गोरूबथानको आयोजनमा डाकबंगलो खेल मैदानमा चलिरहेको महिला अनि अण्डर 13 फुटबल टुर्नामेन्टको चुडान्त खेल शुक्रवार सम्पन्न भयो। पहिलो फाइनल खेल महिला वर्गको रहेको थियो। रोमाञ्चक खेलमा ट्राइब्रेकरमा गोरूबथान एफसीले एमएसके फागुलाई पराजित गर्दै च्याम्पियन ट्रफी आफ्नो झोलीमा हाल्न सफल बन्यो। निर्धारित समयअवघिसम्म खेल गोलरहित बनेपछि खेलको छिनाफाना ट्राब्रेकरसम्म लम्बियो। जसमा गोरूबथान एफसीले एमएसके फागुलाई पराजित गर्यो। म्याचमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विजेता दलकी खेलाडी प्रियंका खवासलाई म्यान अफ् द म्याच चयन गरियो। अर्कोतिर अण्डर 13 बोइज फुटलब टुर्नामेन्टअन्तर्गत खेलिएको फाइनल खेलमा गोरूबथान हाइ स्कूलले ग्रीनभेल एकाडेमीलाई 5-1 को ठूलो अन्तरले पराजित गर्न सफल बन्यो। चुडान्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विजेता दलका खेलाडी प्रतिक तामाङलाई म्यान अफ् द म्याच छनौट गरियो। सुकदास राईको अध्यक्षतामा सम्पन्न फाइनल खेलमा हेमराज सुब्बा मुख्य अतिथि अनि रविन प्रधान, डीबी सार्की विशिष्ट अतिथि त्यसरी नै जीवन राई, अशोक राई, दिलकुमार राई, संजीत छेत्री, दिपक कार्की, प्रितम चामलिङ, सुरत चन्द्र राई आदि अतिथिको रूपमा उपस्थिति थिए। फाइनल खेलमा रेफ्रीको भूमिकामा मेघनाथ राई, गजेन राई, विनय छेत्री, आशिष राई रहेको जानकारी सचिव अविनाथ मुखियाले दिएका छन्। महिला फुटबल टुर्नामेन्टको डोनर गोरूबथान हाइ स्कूलका सहशिक्षक प्रितम चामलिङ अनि ग्रासरूट फाउण्डेशनका सचिव ओमप्रकाश कार्की रहेका थिए भने अण्डर 13 फुटबल खेलको डोनर अप्पर फागु निवासी रतन थापा रहेका थिए।
Camera
Lenin Rai/ Damber Rai
Edit
Lenin Rai
8637816394/ 9733161396