प्रतिक्षारत गोरूबथान गोल्ड कप मंगलबारदेखि भव्यताका साथ शुरु ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=CO3_EjQDYe4



Duration: 16:05
1,130 views
56


प्रतिक्षारत गोरूबथान गोल्ड कप मंगलबारदेखि भव्यताका साथ शुरु भयो। खेल क्षेत्रमा गोरूबथानको पुरानो गौरव फर्काइल्याउने उद्देश्य राखेर गोरूबथान युथको व्यानरमा आजदेखि मालबस्ती खेल मैदानमा शुभारम्भ भएको गोरूबथान गोल्ड कपको उद्घाटनी म्याच रोयल एफसी सिलगढी अनि सेन्ट जेभियर्स सिक्किममाझ खेलियो। रोमाञ्चपूर्ण खेलमा सिक्किमलाई पराजित गर्दै रोयल एफसी सिलगढी अघिल्लो चरणमा प्रवेश गर्न सफल बन्यो। रोयल एफसीको पक्षबाट जर्सी नम्बर 7 इन्द्रजीत छेत्रीले खेल शुरु भएको 6 मिनटमा टुर्नामेन्टको पहिलो गोल गरे। शुरूमै गोल खाएपछि दबावमा रहेको सिक्किम टोलीका खेलाडीहरूले आक्रमक खेलको प्रदर्शन गर्दै गोल सुलाउने सक्दो चेष्टा गरे पनि सफलता हात लाग्न सकेन। यसरी खेलको पहिलो हाफ 1-0 मा समाप्त भयो। एक गोलले अग्रता हासिल गरेको रोयल एफसीका खेलाडीहरू दोस्रो हाफ शुरु भएपछि थप ऊर्जावान बनेर मैदानमा उत्रिए। जसको फाइदा तिनीहरूले दोस्रो हाफ शुरु भएको 24 मिनटमा हासिल गरे। रोयल एफसीको पक्षबाट पहिलो गोल गर्ने जर्सी नम्बर 7 इन्द्रजीतले नै दलको निम्ति निर्णायक गोल पनि गर्न सफल भए। म्याच विनयर बन्नको निम्ति मैदानमा उत्रिएका दुवै दलका खेलाडीहरूलाई धैर्यता गुमाइपठाउँदा रेफ्रीले पहेंलो कार्ड पनि देखाए। उद्घाटनी म्याचमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विजेता दलका खेलाडी तथा म्याच जिताउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडी इन्द्रजीत छेत्रीलाई म्यान अफ् द म्याच छनोट गरियो। अजय प्रधानको सभापतित्वमा सम्पन्न उद्घाटनी खेलमा साई लेबोङका सहनिदेशक केशव प्रधान मुख्य अतिथिको रूपमा उपस्थित थिए। सभापति, मुख्य अतिथि अनि विशिष्ट अतिथि एलके सोताङद्वारा मैदानमा फुटबल किक गरेर खेल शुभारम्भ गरियो। सन्त फ्रान्सिस आशिशि विद्यालयका नानीहरूको सुन्दर नृत्य प्रस्तुत गरिएको समारोहलाई मुख्य अतिथिको आसनबाट सम्बोधन गर्दै साईका सहनिदेशक प्रधानले गोरूबथान युथको पहललाई मुग्ध कण्ठले प्रसंसा गरे। खेल क्षेत्रमा गोरूबथानको आफ्नै पहिचान रहेको मन्तव्य गर्दै प्रधानले गोरूबथानका युवाहरूले गोरूबथानको पुरानो गरिमालाई फर्काइल्याउने जुन कोशिश गरेका छन् त्यसको निम्ति तिनले आयोजक पक्षलाई बधाई दिए। त्यसरी नै दिवसीय सभापति अजय प्रधानले पनि गोरूबथान युथको सराहनी कार्यको प्रसंसा गर्दै यस महत्वपूर्ण कार्यलाई सफल बनाउन विशेष सहयोग पुराउने जीटीए चेयरमेन अनित थापाप्रति तिनले गोरूबथानवासीको पक्षबाट आभार प्रकट गरे। ओमप्रकाश कार्कीद्वारा संचालित कार्यक्रममा रतन थापा, सुभराज सुब्बा, कमल राणा, रविन प्रधान, सार्जन राणा, सूर्यमणि राई, बबरू बहन राणा, डीबी गुरुङ, मेघनाथ राई, भीम प्रधान, जोन ब्रिटो ब्यानर्जी आदि मुख्य रूपमा उपस्थित थिए। उद्घाटनी खेलमा रेफ्रीको भूमिकामा प्रणय शाह, किशोर सरकार, अस्रकुल आलाम, सुजन मण्डल रहेका थिए। न्यु स्पोर्टिङ क्लब सोमबारे बजारको सहयोगमा सम्पन्न भइरहेको आयोजक कमिटीमा सभापति उदय प्रधान, उपसभापति निरेन दर्नाल, सचिव भाष्कर राणा, सहसचिव मनिष परियार, कोषाध्यक्ष बबलु सिंग, अनिश राणा, राहुल गुप्त, मंजय प्रधान रहेका छन्। भोलिको म्याच दार्जीलिङ युनाइटेड अनि मल्ली एफसी सिक्किममाझ खेलिनेछ। गोरूबथान युथले गोरूबथानको गौरव फर्काइल्याउने कोशिश गरिरहेको जनाउँदै यसमा सबैले सहयोग पुराइदिन आयोजक कमिटीले आह्वान गरेको छ।
Camera
Lenin Rai/ Damber Rai/ Rohan Kulung
Edit
Lenin Rai
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-12-10नेपाली कथानक चलचित्र चालबाजको शुभमूहुर्त ...
2019-12-09गोरुबथानमा विश्व दिव्याङ दिवस पालन ...
2019-12-04अम्बियोक चियाबारीका 50 परिवार गोजमुमो (बिनय - अनित) खेमामा सामेल ...
2019-11-30गोरुबथान वेबले तयार पारेको बी० एम० बिद्यालयको 25 बर्षे यात्राको छोटो कैरन ...
2019-11-27आम मानिसहरुसँग परिचय साट्दै जीटीए चियरमेन थापा गोरुबथान भ्रमणमा ...
2019-11-26मुटु रोगी सिता तामाङको उपचारको निम्ति आर्थिक सहयोगको अपील ...
2019-11-26आगामी 30 नोभेम्बरमा बीएम हाई स्कूलको रजत जयन्ती ....
2019-11-25गोरूबथान गोल्ड कप नेपालको झोलीमा ....
2019-11-20कथाकार तथा सम्पादक शिबु छेत्रीकृत बाल कथा सङग्रह ‘नयाँ जुत्ता’ –को विमोचन ...
2019-11-16तीन दिने ठोईमा नागमो च्योद (क्रोधिकाली),दुन्ग्येद जुङबोही सूर अनि रिवो साङ पुजा
2019-11-15प्रतिक्षारत गोरूबथान गोल्ड कप मंगलबारदेखि भव्यताका साथ शुरु ...
2019-11-11गोरूबथानको इतिहाससित जोडिएको दिइ हाल भाउज्यू हाट हर्षोल्लासका साथ पालन ...
2019-11-09गोरूबथान एफसी अनि गोरूबथान हाइ स्कूल विजयी ...
2019-11-08प्रेस क्बल अनि स्पोर्ट्स क्लब गोरूबथान माझ भएको खेलको केही झलक ...
2019-11-05गायक बिलम राईको पुराना लोकप्रिय आधुनिक गीतहरु ...
2019-11-05काम सकेर करिब 9 महिना बितिसक्दा पनि गोरुबथानका ठेकादारहरुले पैसा नपाएको गुनासो
2019-11-04नेपाली कथानक चलचित्र प्रलोभनको ट्रेलर, प्रतीक्षा साँच्नुहोला ...
2019-11-03गोरुबथानको एउटा छुट्टै महत्व बोकेको दिई हाल भाउजु हाट मनाउनेबारे सभा ...
2019-11-02गोरुबथानमा पालन गरिएको छट पुजाको केही झलक ...
2019-10-27दियोको पर्व शुभ दिपावलीको मंगलमय शुभकामना व्यक्त गर्दछौं - गोरुबथान वेब परिवार।
2019-10-25गोरूबथान फारमर्स प्रोडुसर कम्पनी लिमिटेडको कार्यालय उद्घाटन ...