मुटु रोगी सिता तामाङको उपचारको निम्ति आर्थिक सहयोगको अपील ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=QFkGoKs-yu0
स्थानीय सौरेनी वनबस्ती निवासी दावा तामाङकी छोरी सिता तामाङ (15) मुटु रोगले पीडित छिन्। हालमा सिलगढीस्थित एक निजी नर्सिङ होमा उपचाराधीन अवस्थामा रहेको परिवार पक्षले जनाएको छ। अस्पताल पक्षले नानीलाई अपरेशन गर्न सुझाउ दिएको तर परिवारको आर्थिक अवस्था कमजोर भएको कारण परिवार पक्षले मदतको निम्ति सबैप्रति अपील गरेको छ। सिताकी आमा पनि केही समयदेखि विरामी रहेकोले आफ्नी छोरीलाई बचाउन पिताले सबैप्रति आग्रह गरेका छन्। रोगकै कारण प्राथमिक पाठशालामा अध्ययनरत सिताले स्कूल पनि छोड्न बाध्य बनिन्। पिता दावा तामाङले आफ्नो सेन्ट्रल ब्यांकको एकाउण्ड नम्बर जारी गरेका छन्। एकाउण्ड नम्बर 3912458067 IFSC - CBI0281226, सेन्ट्रल ब्यांक अफ् इण्डिया।