माङजिङ्गमा जैविक हाट शेडको उद्घाटन ...
स्थानीय कृषकहरूलाई बजार व्यवस्थापन गरिदिन तथा गाउँ-बस्तीका मानिसहरूको निम्ति बजार गाउँमै ल्याउने उद्देश्य राखेर पोख्रेबुङ जीपीएसकेयुएसको पहलमा तथा नाबार्डको सहयोगमा बिहीबार पोख्रेबुङ जीपीस्थित माङजिङमा जैविक हाट शेटको विधिवत रूपमा उद्घाटन गरियो। आईबी छेत्रीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा डीडीसीसीबीका चेयरमेन आरपी निरौला मुख्य अतिथिको रूपमा उपस्थित थिए। त्यसरी नै विशिष्ट अतिथिहरूमा एआरसीएस कालेबुङ ताज लामा, डीडीएम नाबार्ड रबिन्द्र हान्सदा अनि अतिथिहरूमा डीडीसीसीबी निदेशक पीबी राई, सीआई गोरूबथान ग्रेस्मा लामा, एफओ डीडीसीसीबी गोरूबथान भुपेन्द्र शर्मा, गोजमुमो जोनल दुइ सभापति पेमा योञ्जन आदि रहेका थिए। कार्यक्रमलाई मुख्य अतिथि निरौला, डीडीसीसीबी भाइस चेयरमेन बिनोद छेत्री, ताज लामा, रबिन्द्र हान्सदा, पीबी राई आदिले सम्बोधन गरेका थिए। दिवस छेत्रीद्वारा संचालित कार्यक्रमबारे जानकारी गराउँदै भाइस चेयरमेन बिनोद छेत्रीले डीडीसीसीबीको पहलमा तथा नाबार्डको सहयोगमा पहाडमै पहिलो जैविक हाट शेट निर्माण गरिएको बताए। हाट शेट निर्माण गरिनुको उद्देश्यबारे बोल्दै छेत्रीले अघि बताएअनुसार स्थानीय कृषकहरूद्वारा उत्पादन गरिएको विभिन्न जैविक उत्पादहरूलाई गाउँमै बजार व्यवस्था गरेर तिनीहरूको उत्पादलाई उचित मूल्य प्रदान गर्न तथा तिनीहरूलाई खेतीप्रति प्रोत्साहन दिनु हो। त्यसरी नै गाउँ-बस्तीका युवा तथा शिक्षित जमातलाई व्यवसायप्रति प्रेरित गर्नका साथै स्थानीय मानिसहरू साताभरिको सौदापात गर्न टाडा जानुपर्ने भएकोले तिनीहरूलाई गाउँमै हाट व्यवस्था गरिदिएर सहयोग पुराउनु रहेको छेत्रीले थप बताए। स्थानीय मानिसहरू साताभरिको सौदापात गर्न नजिकको हाट 10 किमीस्थित पत्थरझोडा जानुपर्ने बाध्यता थियो। तर अब त्यो दूरी कम भएर गाउँमै सीमित बनेको छ। यस हाटबाट स्थानीय मानिससितै हाट थाप्न आउने बाहिरका हटुवाहरूलाई पनि धेरै लाभ पुग्ने तिनले विश्वास पनि व्यक्त गरे।
Camera
Surendra Raj Lama
Edit
Rohan Kulung
8637816394/ 9733161396