युद्धबीर उच्चतर माध्यमिक बिद्यालयको बार्षिक सांस्कृतिक एवम पुरस्कार वितरण कार्यक्रम ...
मालबस्तीस्थित युद्धबीर उच्चतर माध्यमिक बिद्यालयको बुधबार बार्षिक सांस्कृतिक कार्यक्रम एवम पुरस्कार बितरण कार्यक्रम सम्पन्न भयो। बिद्यालयका संचालन समितीका सभापति उषा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको मुख्य अतिथि एसआई (स्कूल)आनन्द शर्मा थिए। यसरी नै विशिष्ट अतिथिहरुमा एआई (स्कूल) रेजिना लेप्चा, गोजमुमो गोरुबथान जोनल एकका सभापति अजय प्रधान अनि अन्य अतिथिहरुमा संचालन समितीका उप-सभापति मोतीलाल प्रधान, किरण शर्मा, दिपक कार्की, सरोज विश्व आदि थिए। बिद्यालयका एएचएम सन्जय बराईलीले स्कूलको विविध गतिविधिबारे जानकारी गराए। सह - शिक्षक बिष्णु लावर , लिनामित लेप्चा अनि प्रेम कुमार मुखियाद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा विद्यार्थीहरुले गीत ,नृत्य, आवृति आदि प्रस्तुत गरे। कक्षा पाँचदेखि बाह्रौ श्रेणीसम्ममा बार्षिक परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने छात्र - छात्राहरुलाई मुख्य अतिथि, विशिष्ट अतिथि, स्कूलका एएचएमको बहुलीबाट पुरस्कारसाथै नगद राशि प्रदान गरियो। बाह्रौ श्रेणीका छात्रा मुस्कान गुरुङलाई अलराउण्ड वेस्ट स्टुडेन्टको घोषणा गर्दै विकाश अवार्ड प्रदन
गरियो जुन पुरस्कार बिद्यालयका सह -शिक्षक विशाल परियारले वर्षेनी प्रदान गर्दै आइरहेका छन्। यसरी नै डक्स होल्डरको पुरस्कार दशौ श्रेणीका छात्र सिबम सार्कीलाई प्रदान गरियो। बिद्यार्थीहरुलाई प्रोत्साहन गर्नार्थ बिभिन्न बिषयमा सर्वोतम अंक ल्याउनेहरुलाई पनि पुरुस्कार प्रदान गरियो। कार्यक्रममा बाह्रौ श्रेणीका बिद्यार्थीहरुलाई स्कूलको पक्षबाट बिदाई जनाइयो। कार्यक्रममा स्वागत वक्तब्य शिक्षक बबरु बहन राणाले राखेभने धन्यवाद ज्ञापन शिक्षक बसन्त गुरुङले गरेका थिए।
Camera/ Edit
Rohan Kulung
8637816394/ 9733161396