पोख्रेबुङ हाई स्कुलको बार्षिक कार्यक्रमसंगै सिलान्यास कार्यक्रम ...
पोख्रेबुङ हाई स्कुलमा बिहिबार विविध कार्यक्रमबीच बार्षिक कार्यक्रम सम्पन्न भयो। बिद्यालयका संस्थापक सदस्य जीत बहादुर छेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथि जीटीए बिओए चेयरमेन अनित थापा थिए। बिद्यालयका सह - शिक्षक बिनोद पराजुलीद्वारा संचालित कार्यक्रममा स्वागत भाषण शिक्षक प्रभारी प्रविन घिसिङ्गले राखे। बिद्यालयको बार्षिक कार्यक्रममा अन्य उच्च अहोदामा पुग्न सफल अनि सामाजिक व्यक्तित्वहरु जीत बहादुर छेत्री, ज्ञान बहादुर तामाङ, थोमस लेप्चा, बिक्रम पराजुली, ललित गोले आदिलाई मुख्य अतिथि जीटीए चेयरमेन थापाको बाहुलीबाट सम्मान जनाइयो। बिद्यार्थीहरुले मास ड्रिल, नृत्य आदि प्रस्तुत गरेभने अतिथि कलाकार प्रशान्त छेत्रीले सुमधुर गीत प्रस्तुत गरे। यसरी नै भानु र पाला 4.2 स्पेसल पनि प्रस्तुत गरियो। अर्कोतिर जीटीए, बिओएद्वारा छ वटा विविध परियोजनाहरुको सिलान्यास गरियो। कार्यक्रममा गोजमुमो गोरुबथान जोनल दुइका सभापति पेमा योञ्जन र सचिव रतन थापा विशिष्ट अतिथिको रुपमा थिए भने अन्य अतिथिहरुमा ओम प्रकाश कार्की, ताबरस हैदर अली, उमेश थापा, बबरु बहन राणा, बिनोद गौतम, पन्च कुमार राई, संजय शर्मा, भीम प्रधान आदि थिए।
Camera
Lenin Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396