एनआरसी विरूद्ध संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन गोरूबथानद्वारा ज्ञापन ...
राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीको अगुवाइमा कोलकतामा एनआरसीविरूद्ध निकालिएको विराट जुलूसको दिन जीटीए क्षेत्रमा पनि विरोध जुलूससितै ज्ञापन दिने कार्यक्रम भयो। संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन, पहाड तराई प्राथमिक पाठशाला शिक्षक संगठन आदिको व्यानरमा जीटीए क्षेत्रका विभिन्न स्थानहरूमा विरोध जुलूस निकालियो। एनआरसी लागु गरिँदा असमका करिब डेढ लाख जति गोर्खाहरू सूचिदेखि बाहिर भएकोमा प्रतिवाद जनाउँदै सम्बन्धित अधिकारीलाई ज्ञापन दिने कार्य भयो। यसै क्रममा गोरूबथानमा पनि संयुक्त माध्यमिक शिक्षक कल्याण संगठनको व्यानरमा 43, 44, 45 नम्बर समष्टिको संयुक्त आयोजनमा बिहीवार एनआरसीविरूद्ध जुलूस निकालियो। धर्मशालाबाट शुरु गरिएको जुलूस बीडीओ कार्यालयमा गएर समापन भयो। यस अवसरमा संगठनका प्रतिनिधिहरूले बीडीओ विश्वरंजन चक्रवर्तीलाई एनआरसी लागु गरिँदा असमका करिब डेढ लाख गोर्खाहरू सूचिदेखि बाहिर भएकोमा प्रतिवाद जनाउँदै ज्ञापन चढाए। ज्ञापन दिएपछि सम्पन्न पद सभालाई सम्बोधन गर्दै संगठनका सभापति विनोद गौतमले संगठनद्वारा आह्वान गरिएको कार्यक्रममा सहभागी बन्ने सबै शिक्षक-शिक्षिकाहरूप्रति आभार प्रकट गरे। यस अवसरमा संगठनको पक्षबाट संगठनका कालेबुङ जिल्ला समिति कार्यकारी सदस्य बबरू बहन राणा, गोरूबथान खण्ड समिति सचिव प्रितम चामलिङ, कार्यकारी सदस्य प्रेमकुमार मुखियालगायत 43, 44, 45 नम्बर समष्टिका विभिन्न सरकारी विद्यालयका शिक्षक-शिक्षिकाहरूको सहभागिता रहेको थियो।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 9733161396