गोरूबथानमा बढो हर्षोल्लासकासाथ करम उत्सव पालन ....
विगत वर्षहरूझैं यसपल्ट पनि गोरूबथानमा करम उत्सव धुमधामले पालन गरियो। यहाँको आदिवासी बाहुल क्षेत्र छोटा फागु अनि मिशनहिल चियाबारीमा स्थानीय आदिवासी समुदायले यस पर्वलाई बढो हर्षोल्लासका साथ पालन गर्दै आइरहेको छ। आदिवासी कल्याण समितिको आयोजनमा छोटा फागुमा दुइ दिन व्यापी करम उत्सव पालन गरियो। राज्य सरकारले करम उत्सवलाई मान्यता दिँदै आदिवासी बाहुल क्षेत्रमा उक्त दिन सरकारी विदा घोषित गरेको छ। 9 सितम्बर रातिदेखि शुरु भएको करम उत्सव 10 सितम्बर साँझसम्म विभिन्न सांस्कृति कार्यक्रम, नृत्य, गीत प्रस्तुत गर्दै मनाइयो। आदिवासी समुदाय प्राकृतिक पुजक रहेकोले परापूर्व कालदेखि नै यसलाई आदिवासी समुदायले पर्वकै रूपमा मनाउँदै आइरहेको छ। विगत केही वर्षदेखि राज्य सरकारले यस पर्वलाई मान्यता दिएर सरकारी विदा घोषित गरेकोले करम उत्सवलाई थप हर्षोल्लासका साथ मानिसहरूले पालन गर्न थालेका छन्। छोटा फागुमा सम्पन्न करम उत्सव कार्यक्रममा मुख्य अतिथिको रूपमा विभागीय डीआईसीओ दिपक केरकेटा रहेका थिए भने अन्य अतिथिहरूमा एडमण्ड मिञ्ज, महेश कुजुर, विणा तिर्की, राजीव प्रधान आदि रहेका थिए। आयोजक कमिटीमा सभापति देवनिश तिर्की, सचिव किर्पन नाइक, कोषाध्यक्ष किरण कवर रहेका थिए। त्यसरी नै मिशनहिल चियाबारी, मिनग्लास चियाबारीमा पनि करम उत्सव पालन गरिएको जानकारी प्राप्त भएको छ।
Camera
Rohan Kulung
Edit
Lenin Rai Kulung
8637816394/ 9733161396