दिदी के बोलो कार्यक्रममाथि गोरूबथान तृणमूलको जनचेतना कार्यक्रम ....
मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले केही महिनाअघि शुरु गरेको दिदी के बोलो कार्यक्रमलाई लिएर अहिले हिल तृणमूल कंग्रेस सक्रिय बनेको छ। मुख्यमन्त्रीको जनकल्याणकारी योजना दिदी के बोलोबारे स्थानीय मानिसहरूलाई जागरूक गराउन गोरूबथान तृणमूल कंग्रेस युवा एकाई नेतृत्व राज लामा अनि राजु घिमिरेको नेतृत्वमा शुक्रवार गोरूबथानमा जुलूस अनि जनचेतना कार्यक्रम सम्पन्न भयो। शुरूमा सोमबारे बजारबाट एक र्य़ाली निकालियो। त्यसपछि बीडीओ कार्यालय, बीएलएलआरओ कार्यालय, युद्धवीर उमावि गएर तिनीहरूले मुख्यमन्त्रीको कार्यक्रमबारे जानकारी गराउँदै यसको फाइदाबारे बताए। जनसाधारणसितै विभागीय अधिकारी तथा कर्मचारीहरूलाई पनि कतिपय समस्या हुने गरेकोले उक्त समस्याबारेमा कोलकातास्थित नवन्नाबाट जारी गरिएको मोबाइल नम्बर 9137091370 बारे पनि जानकारी गराए। यदि विभागीय तौरमा कुनै समस्या, असुविधा भए उक्त नम्बरमा सोझै सम्पर्क गर्न सकिने पनि तिनीहरूले बताए। त्यसरी नै तिनीहरूले बाटोमा हिँडिरहेको मानिसहरूलाई पनि मुख्यमन्त्रीको कार्यक्रमबारे जनाए। यस अवसरमा नेतृत्वद्वयले बीडीओ विश्वरंजन चक्रवर्तीलाई गोरूबथान खण्डका मानिसहरूले भोग्न परिरहेका विविध समस्याबारे पनि अवगत गराए। तिनीहरूले विशेष आधार कार्ड बनाउऩे केन्द्रको अभावमा स्थानीय मानिसहरूलाई भइरहेको असुविधाबारे जानकारी गराउँदै विभागीय रूपमा यस विषयमा पहल गरिदिन तिनीहरूले बीडीओलाई अनुरोध पनि गरे।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 9733161396