आगामी 19 सितम्बरको दिन गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सा शिविर हुने ...
Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=8DKuOS_ARwA
विकलांगहरूको निम्ति आगामी 19 सितम्बरको दिन गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सा शिविर आयोजन भइरहेको छ। जसमा अहिलेसम्म विकलांग प्रमाण पत्र नबनाएकाहरूले प्रमाण पत्र बनाउन सक्नेछन्। तसर्थ गोरूबथान खण्डका विभिन्न गाउँ-बस्तीमा रहेका विकलांगहरूलाई उक्त दिन उपस्थित भइदिन तराई, डुवर्स एसोसिएशन फर डिसएबल रिहेविलाइजेशन संगठनको पक्षबाट आह्वान गरिएको छ । एक पत्रकार सम्मेलन आयोजन गरेर उक्त शिविरमा प्रमाण पत्र बनाउन आउनेहरूले आफूसित जन्म प्रमाण पत्र, राशन कार्ड, आधार कार्ड, भेटर कार्ड (ससाना नानीहरूको निम्ति अभिभावकको भोटर कार्ड), पार्स पोर्ट साइस फोटो 4 वटा, स्कूल सर्टिफिकेट आदि लिएर आउनुपर्ने सुझाउ संगठनका सचिव उदय तामाङले दिएका छन्।