विभागले कानमा तेल हालेर बसेपछि गाउँलेहरू आफै उत्रिए सडक मरम्मतिमा ....
गोरूबथानको प्रसिद्ध पर्यटनीय स्थल झण्डी जाने बाटोको अवस्था दयानीय भएको कारण यस विषयमा स्थानीय मानिसहरूले धेरै चोटि सम्बन्धित निकायसमक्ष गुहार लगाउँदा पनि कुनै सुनवाइ नभएपछि अन्तमा गाउँलेहरू स्वयं बाटो मरम्मतिमा सडकमा उत्रिए। झण्डी निवासी निडु भोटियाको नेतृत्वमा झण्डी अनि सुन्तलेका मानिसहरूले नीम बस्तीदेखि झण्डीसम्म जाने बाटोको मरम्मति गरे। बाख्राकोटका समाजसेवी रमेश राईले गाउँलेहरूलाई सडक मरम्मतिको निम्ति जेसीभी मसिन उपलब्ध गराएका थिए। उक्त जेसीभी मसिनको सयहोगमा स्थानीय मानिसहरूले पानीले जीर्ण अवस्थामा पुराएको सडकलाई गाडी गुड्नसम्म बनाएका छन्। यसबारे बोल्दै निडु भोटियाले बताएअनुसार प्रधानमन्त्री ग्रामीण सडक योजनामार्फत बनाइएको उक्त बाटोमा न त मैला पानी बग्ने नालीको व्यवस्था नै छ न बाटो नियमअनुसार चौडा नै छ भन्दै बाटो निर्माणमा विभागीय रूपमा व्यापक लापरबाही गरिएको बताए। जसले गर्दा बर्खामा पानी सडकमा बग्ने हुनाले सडक खोलामा परिणत भएको भोटियाले जनाए। यति मात्र होइन, सडकमा अलकत्रा पात्लो लगाइएकोले अहिले बाटोमा लगाइएको अलकत्र सबै उप्किएको तिनल थप बताए। विभागको लापरबाहीप्रति रोष प्रकट गर्दै बाटोको समस्या विषयमा विभागलाई कति जानकारी गराउँदा पनि नसुनेको तिनले आरोप लगाए। सरकारले पर्याटनलाई महत्व दिएर कार्य गरिरहेको भए तापनि पर्याटकहरू पुग्ने ठाउँहरूको बाटोको अवस्था भने दयानीय रहेको बताउँदै झण्डीमा होम स्टे, इको हटहरू संचालन गरिरहेका व्यवसाहीहरूको विभागप्रति यही गुनासो रहेको भोटियाले बताए। विभाग सम्बन्धित विभाग कानमा तेल हालेर बसेपछि अन्तमा गाउँकै मानिसहरू बाटो मरम्मति गर्न बाध्य बनेको जनाउँदै आफूले बाटो मरम्मतिको निम्ति आफ्नो टिपर पनि दिएको बताए। बाटो मरम्मति कार्यमा बाग्राकोट निवासी रमेश राईले गाउँलेहरूलाई ठूलो गुण लगाएको जनाउँदै तिनले यसको निम्ति गाउँलेहरूको पक्षबाट राईप्रति आभार प्रकट गरे। यसअघि पनि गाउँलेहरूले जेसीभीको निम्ति विभिन्न मानिसहरूसित अनुरोध गरेको तर कसैले सहयोग नगरेको पनि भोटियाले बताए। बाटो मरम्मति गर्ने कार्यमा आफूलगायत झण्डीबाट फिरोज, सरोज, सन्दिप, होमबहादुर, राजन त्यसरी नै सुन्तलेबाट विनोद, विकाश, सुमन, राजेन, डेन्डुपलगायत झण्डीका होम स्टे, इको हक संचालक अनि अन्य गाउँलेहरू करिब 60 जनाले बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म काम गरेको तिनले जनाएका छन्।
Camera
Rajen Pradhan
Edit/ Background Voice
Lenin Rai Kulung
8637816394/ 9733161396