दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीप शुरु .....

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Jx_Fm0P7HxI



Duration: 2:42
325 views
21


आशियारा कराटे डु काइ कन अनि गोरूबथान कराटे एसोसिएशनको संयुक्त आयोजनमा शनिवारदेखि गोरूबथानमा तीन दिने दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीप 2019 शुरु भयो। यहाँको युद्धवीर उमावि प्रेक्षगृहमा चलिरहेको च्याम्पियनशीपमा भारत अनि नेपालका 205 जना कराटे खेलाडीहरूलगायत 45 जना अफिसिलयहरूले सहभागिता जनाइरहेका छन्। 21 र 22 सितम्बर दुइ दिने कार्यक्रम आयोजन गरिने योजना रहे तापनि खेलाडीहरूको सहभागिता अधिक रहेकोले शुक्रवारदेखि नै कार्यक्रम शुरु गर्न परेको आयोजक कमिटीले जनाएको छ। स्थानीय युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्य राखेर यसपल्ट गोरूबथानमा कार्यक्रम आयोजन गरिएको आयोजक पक्षबाट सभापति अनिल राई अनि सचिव अतित राईले बताए। खेलद्वारा शारीरिक व्यायम, ज्ञान, अनुशासनसितै यसमार्फत आफ्नो करिअर पनि बनाउन सकिने पदाधिकारीद्वयले जनाए। कार्यक्रमको पहिलो दिन नेपालबाट आएका विभिन्न खेलाडीहरूमाझ छनौट प्रतियोगिता आयोजन गरियो। त्यसरी नै दोस्रो दिन भारतका विभिन्न क्षेत्रहरूबाट आएका खेलाडीहरूमाझ छनौट कार्यक्रम हुनेछ भने तेस्रो दिन चुनिएका प्रतियोगीहरूमाझ खिताबी भिडन्त हुनेछ। तीन दिने कार्यक्रममा पुरूष अनि महिलावर्गमा ओजनको आधारमा प्रतिस्पर्द्धा हुनेछ। जसमा 20-25, 26-30, 31-36, 36-40, 41-45, 46-50, 51-55, 56-60, 61-65, 66-70, 71 देखि माथि ओजन वर्ग रहेका छन्। भारतबाट कालेबुङ, अलिपुर, जलपाइगढी, सिलगढी, बागडोग्रा, झोलुङ, गोरूबथान आदिका खेलाडीहरूले अंशग्रहण गरिरहेका छन्।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 973316396




Other Videos By Hello Web 24


2019-09-29गोरूबथान रनर्सको चौथो स्थापना दिवस विविध कार्यक्रमका साथ पालन ....
2019-09-27शहीद कमानसिंह गुरुङ स्मृति विजेता अनि सुजित राई स्मृति उपविजेता ट्रफी नकआउट फुटबल टुर्नामेन्ट शुरू
2019-09-2629 सितम्बर 2019 -को दिन गोरूबथान रनर्सले चौथो स्थापना दिवस पालन गर्ने ...
2019-09-25गोजमुमो 43 अनि 44 नम्बर समष्टिद्वारा चियाश्रमिकहरूलाई 20 प्रतिशत बोनस वितरण गरिनुपर्ने माग ...
2019-09-25ब्युटी क्वीन मन्जू थापा सामसिङ भ्रमणमा, जलेको जर्जर घर देखेर बनिन भावुक ...
2019-09-24धर्मशालादेखि गोरूबथान टारसम्म जाने सडक कवीर सेवा समिति अनि चालकहरूद्वारा मरम्मति ...
2019-09-23Beena'Z, the leading footwear branch store at Mal Bazar ...
2019-09-22दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीपको पहिलो दिन ....
2019-09-21गोरूबथान जीपी दुइअन्तर्गत रहेका आठवटा आईसीडीएस केन्द्रहरूद्वारा राष्ट्रिय पोषण दिवस पालन ...
2019-09-20सयपत्री क्लबद्वारा आशिष राई अनि बुधुवा ग्वाला स्मृति नगद राशि फुटबल टुर्नामेन्ट शुरु ...
2019-09-20दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीप शुरु .....
2019-09-19महिला फुटसल खेलको चुडान्त खेलमा युनाइटेड गर्ल्स सिलगढी च्याम्पियन ...
2019-09-17आगामी 19 सितम्बरको दिन गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सा शिविर हुने ...
2019-09-17गोरुबथान अस्पतालमा नयाँ कर्मचारी नियुक्तिलाई लिएर स्वयंसेवीहरुद्वारा बिरोध प्रदर्शनसंगै ज्ञापन ...
2019-09-15शहिद दुर्गा मल्ल स्पोर्टिङ क्लब जलढकाको आयोजनामा रनधोज ठटाल मेमोरियल गोल्डकप शुरु ...
2019-09-14विभागले कानमा तेल हालेर बसेपछि गाउँलेहरू आफै उत्रिए सडक मरम्मतिमा ....
2019-09-14गोजमुमो बिमल खेमाका नारी अनि युवा प्रमुखद्वयको गोरुबथान भ्रमण ...
2019-09-13दिदी के बोलो कार्यक्रममाथि गोरूबथान तृणमूलको जनचेतना कार्यक्रम ....
2019-09-13दालीम ग्राम पन्चायत अधिनस्थ विभिन्न आइसीडीएस केन्द्रद्वारा राष्ट्रिय पौष्टिक दिवस पालन ...
2019-09-12एनआरसी विरूद्ध संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन गोरूबथानद्वारा ज्ञापन ...
2019-09-11अन्तराष्ट्रिय फुटसल खेलाडी सुश्री सुजता राईसंग गोरुबथान वेबले गरेको छोटो कुराकानी ...