महिला फुटसल खेलको चुडान्त खेलमा युनाइटेड गर्ल्स सिलगढी च्याम्पियन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=n-W7Ls32vZY



Duration: 10:39
535 views
29


गोरूबथान एफसी गर्ल्सको आयोजनमा बाबरी खेल मैदानमा चलिरहेको महिला फुटसल खेलको चुडान्त खेल बुधवार सम्पन्न भयो। युनाइटेड गर्ल्स सिलगढी अनि एनजीएफसी कालेबुङमाझ खेलिएको खिताबी भिडन्तमा सिलगढीले कालेबुङलाई 2-0 ले पराजित गर्दै च्याम्पियन ट्रफी आफ्नो झोलीमा पार्यो। विजेता अनि उपविजेता दललाई आकर्षक ट्रफी अनि नगद राशि प्रदान गरियो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने कालेबुङकी खेलाडी इडेन भोटिया, सिलगढीकी खेलाडी सिकनोरिया थापालाई म्यान अफ् द म्याच, म्यान अफ् द टुर्नामेन्ट कालेबुङकी खेलाडी अपसना तामाङ, राइजिङ प्लेयर मिनग्लासकी खेलाडी त्रिसा मुण्डा, सर्वाधिक गोल गर्ने खेलाडी सिलगढीकी सुस्मिता लेप्चालाई चयन गरियो। गोजमुमो जोनल एक सभापति अजय प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केएन सुब्बा मुख्य अतिथिको रूपमा उपस्थित थिए। त्यसरी नै कमल राणा, निर्मल रोय, काशिराम प्रधान, डीबी प्रधान, अशोक सुनाम, मोतिलाल प्रधान, सार्जन राणा, बबरू बहन राणा, हेमन्त गुरुङ, ओमप्रकाश कार्की, ललित सोताङ, विशाल परियार, डीबी सार्की, डीबी गुरुङ, असीम राई आदिको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा युद्धवीर उमाविका नानीहरूद्वारा नृत्य प्रस्तुत गरिएको थियो। त्यसरी नै कार्यक्रमलाई थप आकर्षक बनाउनको निम्ति सोमबारे बजार अनि गोरूबथान टारमाझ प्रदर्शनी भेटरेन खेल सम्पन्न भयो। मुख्य खेलमा रेफ्रीको भूमिकामा रिवाज प्रधान अनि भेटरेनमा सुजता राई रहेका थिए। दाताहरूमा विजेता ट्रफी प्रणय गुरुङ, उपविजेता ट्रफी विकाश तामाङ, अञ्जु तामाङ, विजेता व्यक्तिगत पुरस्कार विशाल परियार, उपविजेता व्यक्तिगत पुरस्कार आयोजक कमिटी, म्यान अफ् द म्याच ट्रफी विनिता थापा, म्यान अफ् द टुर्नामेन्ट अर्चना सिंह, सर्वाधिक गोल जीवन प्रधान, इमाजिन प्लेयर कुनाल परियार, विजेता राशि राकेश अग्रवाल सिलगढी अनि गोरूबथान सरकारी ठेकेदार कल्याण संगठन, उपविजेता राशि रतन थापा अप्पर फागु रहेका थिए। त्यसरी नै गोजमुमो कालेबुङ जिल्ला समिति कोषाध्यक्ष रूदेन लेप्चा, भीम प्रधान सोमबारे बजारले पनि आयोजक कमिटीलाई आर्थिक सहयोग प्रदान गरेका थिए। अर्कोतिर आयोजक कमिटीलाई गोजमुमो जोनल एक सभापति अजय प्रधानले फुटबल जर्सी प्रदान गरे। कार्यक्रमलाई सफल बनाउन सहयोग पुराउने सबैप्रति आयोजक कमिटीको पक्षबाट विनिता थापा अनि प्रियंका प्रधानले आभार प्रकट गरेका छन्।
Camera
Gourav Rai Kulung
Edit
Lenin Rai Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-09-27शहीद कमानसिंह गुरुङ स्मृति विजेता अनि सुजित राई स्मृति उपविजेता ट्रफी नकआउट फुटबल टुर्नामेन्ट शुरू
2019-09-2629 सितम्बर 2019 -को दिन गोरूबथान रनर्सले चौथो स्थापना दिवस पालन गर्ने ...
2019-09-25गोजमुमो 43 अनि 44 नम्बर समष्टिद्वारा चियाश्रमिकहरूलाई 20 प्रतिशत बोनस वितरण गरिनुपर्ने माग ...
2019-09-25ब्युटी क्वीन मन्जू थापा सामसिङ भ्रमणमा, जलेको जर्जर घर देखेर बनिन भावुक ...
2019-09-24धर्मशालादेखि गोरूबथान टारसम्म जाने सडक कवीर सेवा समिति अनि चालकहरूद्वारा मरम्मति ...
2019-09-23Beena'Z, the leading footwear branch store at Mal Bazar ...
2019-09-22दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीपको पहिलो दिन ....
2019-09-21गोरूबथान जीपी दुइअन्तर्गत रहेका आठवटा आईसीडीएस केन्द्रहरूद्वारा राष्ट्रिय पोषण दिवस पालन ...
2019-09-20सयपत्री क्लबद्वारा आशिष राई अनि बुधुवा ग्वाला स्मृति नगद राशि फुटबल टुर्नामेन्ट शुरु ...
2019-09-20दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीप शुरु .....
2019-09-19महिला फुटसल खेलको चुडान्त खेलमा युनाइटेड गर्ल्स सिलगढी च्याम्पियन ...
2019-09-17आगामी 19 सितम्बरको दिन गोरूबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सा शिविर हुने ...
2019-09-17गोरुबथान अस्पतालमा नयाँ कर्मचारी नियुक्तिलाई लिएर स्वयंसेवीहरुद्वारा बिरोध प्रदर्शनसंगै ज्ञापन ...
2019-09-15शहिद दुर्गा मल्ल स्पोर्टिङ क्लब जलढकाको आयोजनामा रनधोज ठटाल मेमोरियल गोल्डकप शुरु ...
2019-09-14विभागले कानमा तेल हालेर बसेपछि गाउँलेहरू आफै उत्रिए सडक मरम्मतिमा ....
2019-09-14गोजमुमो बिमल खेमाका नारी अनि युवा प्रमुखद्वयको गोरुबथान भ्रमण ...
2019-09-13दिदी के बोलो कार्यक्रममाथि गोरूबथान तृणमूलको जनचेतना कार्यक्रम ....
2019-09-13दालीम ग्राम पन्चायत अधिनस्थ विभिन्न आइसीडीएस केन्द्रद्वारा राष्ट्रिय पौष्टिक दिवस पालन ...
2019-09-12एनआरसी विरूद्ध संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन गोरूबथानद्वारा ज्ञापन ...
2019-09-11अन्तराष्ट्रिय फुटसल खेलाडी सुश्री सुजता राईसंग गोरुबथान वेबले गरेको छोटो कुराकानी ...
2019-09-11गोरूबथानमा बढो हर्षोल्लासकासाथ करम उत्सव पालन ....