चाइल्ड लाइन से दोस्ती सप्ताह पालन ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=QT0DRmcgXBk



Duration: 7:45
282 views
15


महिला अनि बाल विकाश मन्त्रालयको प्रोजेक्टअन्तर्गत 14 देखि 20 नोभेम्बरसम्मलाई चाइल्ड लाइन से दोस्ती सप्ताहको रूपमा देशभरि नै पालन गरियो । यसै क्रममा कालेबुङ जिल्ला चाइल्ड लाइनको आयोजनमा जिल्लाका विभिन्न जीपी कार्यालय, विद्यालयहरूमा चाइल्ड लाइनको कार्य तथा उद्देश्यबारे विभिन्न तरिकाले जागरूक गराउने कार्यक्रमहरू भइरहेका छन्। बाल सुरक्षा अभियान ट्रस्ट कालेबुङद्वारा संचालित यस जिल्ला चाइल्ड लाइनले गत केही दिनअघि गोरूबथान जीपी एकको कार्यालयअघि चाइल्ड लाइनको टोल फ्री नम्बर 1098 अंकित गरेर वाल पेन्टिङ गरेको थियो। जसको विधिवत उद्घाटन सोमबार गोरूबथानका संयुक्त खण्ड विकाश अधिकारी जादव रोयको बाहुलीबाट गरियो। उक्त टोल फ्री नम्बर 24 घण्टा सेवामा रहेको तथा यस नम्बरमा नानीहरूसित भएका विभिन्न घटनासितै नानीहरूसित सम्बन्धित समस्याबारे बताउन सकिनेछ। चाइल्ड लाइन नानीहरूको सुरक्षा अनि सहायताको निम्ति गठन गरिएको विङ हो। चाइल्ड लाइनको केन्द्रिय कोअर्डिनेटर अनुप्रिया थापाले बताएअनुसार 1098 टोल फ्री नम्बर प्रयोगको उद्देश्य तथा यसको प्रचार-प्रसार गर्नको निम्ति केन्द्रको महिला अनि बाल विकाश मन्त्रालयले 14 देखि 20 नोभेम्बरसम्मलाई चाइल्ड लाइन से दोस्ती सप्ताहको रूपमा पालन गरिरहेको छ। कालेबुङ जिल्लाले पनि जिल्लाका विभिन्न खण्ड अनि जीपीहरूमा यो कार्यक्रम गरिरहेको छ। यसै क्रममा जिल्लामा चौथो अनि गोरूबथानमा पहिलो कार्यक्रम आयोजन गरिएको थापाले बताइन्। जीपी एकका प्रशासक अरूण घिसिङको विशेष सहयोगमा सो कार्यक्रम जीपी एकमा गर्न सकिएको जानकारी गराउँदै तिनले प्रशासक तथा जीपीका पदाधिकारीहरूप्रति आभार प्रकट गरिन्। बाल सुरक्षा अभियान ट्रस्टकी निदेशक सिस्टर सुवेष्ना थापाको निर्देशमा सो कार्य भइरहेको पनि तिनले बताइन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त खण्ड विकाश अधिकारीले अहिलेको समयमा नानीहरू सचेत भएर बस्नुपर्ने सुझाउ राखे। यदि कुनै अप्रिय घटना भए 1098 मा फोन गरेर जानकारी गराउन तिनले आह्वान पनि गरे। त्यसरी नै जीपी एक प्रशासक घिसिङले जनसंख्यासितै विभिन्न घटनाहरू पनि द्रुत गतिमा बढिरहेकोले सबै सतर्क रहनुपर्ने बताए। विशेष नानीहरूमाथि विभिन्न शोषण, अत्यचारको घटनाहरू दिन प्रतिदिन बढिरहेकोमा चिन्ता प्रकट गर्दै यदि यस्तो घटना कसैसित भए तत्कालै यस विषयमा 1098 नम्बरमा सम्पर्क गरेर जानकारी गराउनुपर्ने बताए। यसरी सामाजिक जनचेतनामूलक कार्यक्रमको निम्ति आएका चाइल्ड लाइनका सम्पूर्ण पदाधिकारीहरूप्रति तिनले आभार प्रकट पनि गरे। टोलीमा नरेन्द्र छेत्री, सोनाम शेर्पा, सेनिया छेत्री, वाङ्गेल तामाङ आदिको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा सन्त फ्रान्सिस स्कूलका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो।
Camera
Lenin Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2020-01-09टिएमसीद्वारा नेउरा फोरेष्ट रेञ्जरलाई ज्ञापन ...
2020-01-04Official Promo Video of Gorubathan Half Marathon - 2020
2020-01-03मायालु बस्ती सुपर लिग सिजन -६ को फाइनल खेल ...
2019-12-31बाल शोषणमाथि आधारित टेली शृंखला आँशुको ट्रेलर ...
2019-12-31नव वर्ष 2020 - को हार्दिक मंगलमय शुभकामना ...
2019-12-28दालीममा कविता, चार कविहरु क्रमैले सुधीर छेत्री, अवीर खालिङ, टीका भाइ अनि भुपेन्द्र सुब्बाबाट ...
2019-12-23सामाबियोङको बी. एम. उच्च विद्यालयको रजत जयन्ती ...
2019-12-23रोजमेरी बोर्डिङ्ग स्कूलको बार्षिक खेलकूद र पुरस्कार बितरण कार्यक्रम ...
2019-12-20पोख्रेबुङ हाई स्कुलको बार्षिक कार्यक्रमसंगै सिलान्यास कार्यक्रम ...
2019-12-18युद्धबीर उच्चतर माध्यमिक बिद्यालयको बार्षिक सांस्कृतिक एवम पुरस्कार वितरण कार्यक्रम ...
2019-12-17चाइल्ड लाइन से दोस्ती सप्ताह पालन ...
2019-12-16खस जनजाती संघद्वारा भव्य रुपमा उधौंली पुजा पालन ...
2019-12-15स्वच्छ गोरुबथानको परिकल्पना गर्दै नवदीप संघद्वारा सरसफाई अभियान ...
2019-12-1423औं राष्ट्रिय प्राणी सम्पदा विकाश सप्ताह ...
2019-12-14एससी/ एसटी महिलाहरुलाई लिएर दुइ महीनाव्यापी प्रशिक्षण ...
2019-12-1415 दिसम्बर 2019, आइतबारको दिन नेपाली कथानक चलचित्र प्रलोभनको पहिलो प्रिमियर शो कम्युनिटी हलमा हुने
2019-12-13वीर बिरसा मुण्डाको 144 औं जन्म जयन्ती पालन .....
2019-12-10नेपाली कथानक चलचित्र चालबाजको शुभमूहुर्त ...
2019-12-09गोरुबथानमा विश्व दिव्याङ दिवस पालन ...
2019-12-04अम्बियोक चियाबारीका 50 परिवार गोजमुमो (बिनय - अनित) खेमामा सामेल ...
2019-11-30गोरुबथान वेबले तयार पारेको बी० एम० बिद्यालयको 25 बर्षे यात्राको छोटो कैरन ...