23औं राष्ट्रिय प्राणी सम्पदा विकाश सप्ताह ...

Channel:
Subscribers:
20,800
Published on ● Video Link: https://www.youtube.com/watch?v=Ij8AXr703d0



Duration: 14:33
168 views
9


जीटीए प्राणी सम्पदा विकाश विभाग, कालेबुङ जिल्लाको आयोजनमा गोरूबथानमा 23 औं राष्ट्रिय प्राणी सम्पदा विकाश सप्ताह पालन गरियो। पश्चिम बंगाल गो-सम्पदा विकाश संस्थाको सौजन्यमा सम्पन्न कार्यक्रममा गोरूबथान खण्ड विकाश अधिकारी विश्वरंजन चक्रवर्ती मुख्य अतिथिको रूपमा उपस्थित थिए। नोवम वनबस्तीस्थित नोवम शिशु शिक्षा केन्द्र परिसरमा सम्पन्न कार्यक्रममा विभिन्न घरेलु पशुहरूमाझ प्रतियोगिता पनि राखिएको थियो। जसमा विजयी कृषकहरूलाई विभागको तर्फबाट पुरस्कार प्रदान गरियो। यस अवसरमा घरेलु गाईमा प्रथम सर्वधन राई, दोस्रो प्रेम बहादुर राई, तेस्रो गोरे राई, बाख्रामा पहिलो जीतबहादुर सुब्बा, दोस्रो अमृत माया राई, तेस्रो सुमन राईलाई पुरस्कृत गरियो। त्यसरी नै प्रोगेसिभ फारमरको रूपमा मोहन कुमार राई (नोवम बनबस्ती), बेस्ट बीएएचसी गोरूबथान, बेस्ट ब्लक कालेबुङ एक, बेस्ट एमभीसी पेदोङलाई चयन गरियो। सितम मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि चक्रवर्तीले जैविक खेतीको निम्ति पशु पालन आवश्यक रहेको बताए। पशु पालन गर्दा कृषकहरूको आयस्रोत पनि बढ्ने बताउँदै यसबाट मानिसहरूलाई धेरै फाइदा हुने जनाए। एमजीनरेगामार्फत कृषकहरूले गाई, बाख्रा अनि सुंगुरको खोर बनाउन सक्ने पनि तिनले जानकारी गराए। त्यसरी नै अर्का वक्ता तथा विशिष्ट अतिथि डा. देवेन्द्र प्रधान डेपुटी डाइरेक्टर एनिमल रिसर्च डेभलपमेन्ट विभाग कालेबुङ जिल्लाले सप्ताहव्यापी कार्यक्रम आयोजन गरिनुको औचित्यबारे सविस्तार जानकारी गराए। यस कार्यक्रममार्फत कृषकहरूलाई पशु पालनबारे जानकारी गराउनका साथै सरकारी सहुलियत वितरणसितै थप अन्य विषयबारे पनि जानकारी गराउने गरेको बताए। विभाग र कृषकबीच दुरुत्व नहुनुपर्ने विचार राख्दै विभागद्वारा लागु गरिएको योजना तथा सहुलियतबाट कृषकहरूले फाइदा उठाउनुपर्ने सुझाउ राखे। अहिले जैविक खेतीको माग बढिरहेकोले पशु पालन गरेर यसबाट धेरै आमदानी गर्न सकिने बताए। कार्यक्रमबाट स्थानीय कृषकहरूले धेरै फाइदा लिन सकेको विषयमा आफू विश्वस्त रहेको पनि तिनले सम्बोधनमा राखे। कार्यक्रममा बस् अनि चित्र बनाऊ प्रतियोगिता पनि राखिएको थियो। जसमा अनुज तामाङ, स्वीकृति प्रधान, अभी लामा क्रमैले पहिलो, दोस्रो अनि तेस्रो बने। त्यसरी नै कार्यक्रममा बिलम राई, बबिता राई, विजय खाती आदिले गीत प्रस्तुत गरेका थिए भने नोवम शिशु शिक्षा केन्द्र, नीम एमएसके, छोटा माङजिङ एमएसकेका नानीहरूद्वारा नृत्य प्रस्तुत गरियो। डा. लाछिरिङ भोटिया, राजु प्रधान, तुलसी राईद्वारा संयुक्त रूपमा संचालित कार्यक्रममा भीओ डा. पार्थो सारथी मण्डल, एडीए मुकेश तामाङ, डा. केसाङ बम्जन, डा. जिग्मी भोटिया, डा. अजीत सिंघ, डा. एलटी भोटिया, डा. कौशल थापा, डा. चुडामणि शर्मा, डा. टासी फिन्चो भोटिया, डा. डीपी पाण्डे, बीट अफिसर नन्दराज थापा, गोविन्द परियार, गोकुल छेत्री, आरबी छेत्री, पदम खवास, दिपक शर्मा, अरूण तामाङ, लासाङ लामा, अम्बर छेत्री, बसन्त तामाङ, रंजना राई, अशोक बासु आदिको विशेष उपस्थिति रहेको थियो।
Camera
Lenin Rai
Edit
Rohan Kulung
8637816394/ 9733161396




Other Videos By Hello Web 24


2019-12-31बाल शोषणमाथि आधारित टेली शृंखला आँशुको ट्रेलर ...
2019-12-31नव वर्ष 2020 - को हार्दिक मंगलमय शुभकामना ...
2019-12-28दालीममा कविता, चार कविहरु क्रमैले सुधीर छेत्री, अवीर खालिङ, टीका भाइ अनि भुपेन्द्र सुब्बाबाट ...
2019-12-23सामाबियोङको बी. एम. उच्च विद्यालयको रजत जयन्ती ...
2019-12-23रोजमेरी बोर्डिङ्ग स्कूलको बार्षिक खेलकूद र पुरस्कार बितरण कार्यक्रम ...
2019-12-20पोख्रेबुङ हाई स्कुलको बार्षिक कार्यक्रमसंगै सिलान्यास कार्यक्रम ...
2019-12-18युद्धबीर उच्चतर माध्यमिक बिद्यालयको बार्षिक सांस्कृतिक एवम पुरस्कार वितरण कार्यक्रम ...
2019-12-17चाइल्ड लाइन से दोस्ती सप्ताह पालन ...
2019-12-16खस जनजाती संघद्वारा भव्य रुपमा उधौंली पुजा पालन ...
2019-12-15स्वच्छ गोरुबथानको परिकल्पना गर्दै नवदीप संघद्वारा सरसफाई अभियान ...
2019-12-1423औं राष्ट्रिय प्राणी सम्पदा विकाश सप्ताह ...
2019-12-14एससी/ एसटी महिलाहरुलाई लिएर दुइ महीनाव्यापी प्रशिक्षण ...
2019-12-1415 दिसम्बर 2019, आइतबारको दिन नेपाली कथानक चलचित्र प्रलोभनको पहिलो प्रिमियर शो कम्युनिटी हलमा हुने
2019-12-13वीर बिरसा मुण्डाको 144 औं जन्म जयन्ती पालन .....
2019-12-10नेपाली कथानक चलचित्र चालबाजको शुभमूहुर्त ...
2019-12-09गोरुबथानमा विश्व दिव्याङ दिवस पालन ...
2019-12-04अम्बियोक चियाबारीका 50 परिवार गोजमुमो (बिनय - अनित) खेमामा सामेल ...
2019-11-30गोरुबथान वेबले तयार पारेको बी० एम० बिद्यालयको 25 बर्षे यात्राको छोटो कैरन ...
2019-11-27आम मानिसहरुसँग परिचय साट्दै जीटीए चियरमेन थापा गोरुबथान भ्रमणमा ...
2019-11-26मुटु रोगी सिता तामाङको उपचारको निम्ति आर्थिक सहयोगको अपील ...
2019-11-26आगामी 30 नोभेम्बरमा बीएम हाई स्कूलको रजत जयन्ती ....