दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीपको पहिलो दिन ....
आशियारा कराटे डु काइ कन अनि गोरूबथान कराटे एसोसिएशनको संयुक्त आयोजनमा शनिवारदेखि गोरूबथानमा तीन दिने दोस्रो इण्डो-नेपाल कराटे च्याम्पियनशीप 2019 शुरु भयो। यहाँको युद्धवीर उमावि प्रेक्षगृहमा चलिरहेको च्याम्पियनशीपमा भारत अनि नेपालका 205 जना कराटे खेलाडीहरूलगायत 45 जना अफिसिलयहरूले सहभागिता जनाइरहेका छन्। 21 र 22 सितम्बर दुइ दिने कार्यक्रम आयोजन गरिने योजना रहे तापनि खेलाडीहरूको सहभागिता अधिक रहेकोले शुक्रवारदेखि नै कार्यक्रम शुरु गर्न परेको आयोजक कमिटीले जनाएको छ। स्थानीय युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्य राखेर यसपल्ट गोरूबथानमा कार्यक्रम आयोजन गरिएको आयोजक पक्षबाट सभापति अनिल राई अनि सचिव अतित राईले बताए। खेलद्वारा शारीरिक व्यायम, ज्ञान, अनुशासनसितै यसमार्फत आफ्नो करिअर पनि बनाउन सकिने पदाधिकारीद्वयले जनाए। कार्यक्रमको पहिलो दिन नेपालबाट आएका विभिन्न खेलाडीहरूमाझ छनौट प्रतियोगिता आयोजन गरियो। त्यसरी नै दोस्रो दिन भारतका विभिन्न क्षेत्रहरूबाट आएका खेलाडीहरूमाझ छनौट कार्यक्रम भयो। नेपालबाट आएका खेलाडी अनि भारतका चयनित प्रतियोगीहरूमाझ आइतवार खिताबी भिडन्त हुनेछ। तीन दिने कार्यक्रममा पुरूष अनि महिलावर्गमा ओजनको आधारमा प्रतिस्पर्द्धा हुनेछ। जसमा 20-25, 26-30, 31-36, 36-40, 41-45, 46-50, 51-55, 56-60, 61-65, 66-70, 71 देखि माथि ओजन वर्ग रहेका छन्। भारतबाट कालेबुङ, अलिपुर, जलपाइगढी, सिलगढी, बागडोग्रा, झोलुङ, गोरूबथान आदिका खेलाडीहरूले अंशग्रहण गरिरहेका छन्। कार्यक्रममा मुख्य रूपमा दिपक भुजेल (ब्ल्याक बेल्ट 6 दान), अनिल राई (ब्ल्याक बेल्ट 4 दान), अतित राई (ब्ल्याक बेल्ट 4 दान), योगेश चामलिङ (अन्तर्राष्ट्रिय रेफ्री), प्रदिप प्रधान (अन्तर्राष्ट्रिय रेफ्री), राकेश बसु (कालेबुङ कराटे चीफ), सृजना छेत्री (टीम म्यानेजर) आदि मुख्य रूपमा उपस्थित थिए। आयोजक कमिटीमा कोषाध्यक्ष सुषमा राई, योगेश राई बाछाना, असित राई, सचिन विश्व आदि अफिसियल रहेका छन्।
Camera/ Edit
Rohan Kulung Rai
8637816394/ 9733161396