गोरूबथान जीपी दुइअन्तर्गत रहेका आठवटा आईसीडीएस केन्द्रहरूद्वारा राष्ट्रिय पोषण दिवस पालन ...
गोरूबथान जीपी दुइअन्तर्गत रहेका आठवटा आईसीडीएस केन्द्रहरूलाई लिएर सोमबार ढिपडाँडा सामुदायिक भवनमा राष्ट्रिय पोषण दिवस पालन गरियो। आईसीडीएस कर्मी शशिका राईद्वारा संचालित कार्यक्रममा सीडीपीओ नर्वट लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस अवसरमा मुख्य अतिथि, दिवसीय सभापति संजय राई, पीएचएऩ कोपिला गुरूङ आदिले सम्बोधन गर्दै कार्यक्रम गरिनुको औचित्यबारे जानकारी गराए। ससाना नानीहरूद्वारा नृत्य, बाल गीत, गीत आदि प्रस्तुत गरिएको कार्यक्रममा अंजली राईलाई आयोजक पक्षबाट सम्बर्द्धना जनाइयो। कार्यक्रममा ढिपडाँडा, सुन्तलावारी, कालीखोला, शिताढुंगे, फापरखेती आदि आईसीडीएसका वर्कर अनि हेल्परहरूले सहभागिता जनाएका थिए। यस अवसरमा सुपरभाइजर गंगा शर्मा, दिपा भण्डारी, रोशन सुब्बा, सुष्मा राई, सुरेश सुब्बा, रहर राई, सिला राई, शान्ति राई, पविला राई, जिना तामाङ, दिल बहादुर राई, ललित शर्मा आदिको विशेष उपस्थिति रहेको थियो।
Camera/ Edit
Lenin Rai Kulung
8637816394/ 9733161396